27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 08:52

TRENDING .

नवलपरासी काग्रेस सभापतिमा तिन जनाको भिडन्त हुदै : जिसी , अधिकारी र लामीछाने द्धारा उम्मेदवारी घोषाणा तिन जनको भिडन्त हुदै

- Advertisement -

लाईन चेन्ज होईन गुटउपगुट रोक्न उम्मेदवारी
परासी,२४ माघ/  नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापतिमा विष्णु लामिछानेले आईतवार परासीमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका छन् । उनी वर्तमान जिल्ला सचिवसमेत हुन । जिल्लाको पहाडी गाविस मिथुकरममा क्रियामा बसेका लामिछानेले नौ दिनका दिन सदरमुकाम आएर उम्मेदवारी घोषणा गरेका हुन् ।  उनी संस्थापन पक्षका हुन । तर लामिछानेले देउवा पक्षका जिल्ला सभापति देबेन्द्रराज कण्डेलसहित सभासद र अन्य जिल्ला नेताको उपस्थितिमा उम्मेदवारी घोषणा गरेपछि संस्थापन भित्र खैलाबैला मच्चिएको छ । अधिकांश कार्यकर्ताहरुले लामिछानेले गुट परिवर्तन गरेर उम्मेदवारी घोषणा गरेको बताएका छन् । तर लामिछानेले भने आफु देउवा र संस्थापनबाट नभई जिल्लामा रहेको गुटउपगुटको राजनीतिलाई अन्त्य गर्न  उम्मेदवारी दिएको दाबी गरेका छन् । लामिछानेसँगै देउवा पक्षले जिल्ला सचिवमा राजेन्द्र सहानीलाई सचिव पदमा उम्मेदवारी घोषणा गरेको छ । यसअघि संस्थापनबाट पूर्वसभासद महेन्द्रध्वज जि.सी.ले उम्मेदवारी घोषणा गरिसकेका छन् ।  10291256_815145818612264_8092550007597768093_n

यसअघि कांग्रेस जिल्ला सभापतिमा महेन्द्रध्वज जि.सी. र मदनभक्त अधिकारी ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।जिल्लाका सबै क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिहरुको नामावली आएसँगै उनिहरुले ले आफ्नो उम्मेदावारी घोषणा गरेका हुन् ।  जिसीले परासी र अधिकारीले कावासोतमिा पत्रकार सम्मेलन गरेर आ आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । यसैविच नेपाली काग्रेस नवलपरासीका सभापति देवेन्द्र राज कण्डेलले पार्टिमा लामो समय देखी सक्रिय मदनभक्त अधिकारी र वर्तमान पार्टी सचिव विष्णु लामीछाने विच सभापतीमा सवै नेताहरु सहमति भए आफु निर्वाचन नलड्ने वताउनुभएको छ । 12662652_815139625279550_3210846679678114865_nतर अधिकारी र लामीछाने वाहेक अनय व्यक्ति चुनावि मैदानमा आए आफु मैदानमा आउने वताउनुभएको छ । नेपाली काग्रेस नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा  कण्डलले यस्तो वताउनुभएको हो । जि.सी. संस्थापन पक्षका हुन् । उनी पूर्वसभासद् एंव पूर्वजिल्ला सचिवसमेत हुन् । जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरुको बहुमत संख्या आफ्नो पक्षमा देखेपछि उनले बुधवार परासी सदरमुकाममा पत्रकार सम्मेलन गरेर आधिकारीक उम्मेदवारीको घोषणा गरेका हुन । केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, क्षेत्र नं. ६ का सभासद देवकरण जयसवलसहित जिल्लाका संस्थापन पक्षका नेताहरु सहभागी पत्रकार सम्मेलनमा जि.सी.ले आफ्नो उम्मेदवारी संस्थापनबाट रहेको बताए । भने सुर्यभक्त अधिकारीका छोरा मदनभक्त अधिकारीले देवेन्द्र राज कण्डेल र सांसद विक्रम खनालको उपस्थितीमा उम्मेदवारी घोषणा गरेका हुन् ।  जिल्लामा संस्थापक र प्रजातान्त्रिक दुवै पक्षले आफ्नो पक्षमा वहुमत रहेको दावि गर्दै आईरहेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्