27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 04:41

TRENDING .

विद्यार्थी हकहित र सामाजिक न्यायका निम्ती सुम्पनेछु ;मदन गिरी

- Advertisement -

12666300_1208380635857231_844989216_n

एमाले निटक विद्यार्थी संगठन अनेस्ववियुको २२ औं महाधिवेशन नजिकिदै गर्दा लुम्विनी अञ्चलमापनि यस्को चुनावी सरगर्मी बढेको छ । अखिल केन्द्रिय सदस्यका लागि अधिकाम्सले आफ्नो उम्मेद्धवारी समेत घोषणा गरिसकेका छन् । यसमध्ये अखिल नवलपरासीका निवर्तमान जिल्ला अध्यक्ष मदन गिरीको चर्चा अहिले लुम्बिनीमा निकै छ । क्याम्पस कमिटी सदस्य , सचिव र अध्यक्ष एवं स्ववियु सभापतिको उम्मेद्धवार हुदै , जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, सचिव हुदै जिल्ला अध्यक्ष समेत भएका गिरीलाई लुम्बिनीमा बलियो उम्मेद्धवारको रुपमा हेरिएको छ । यसैक्रममा उनको राजनितिक यात्रा, अखिल केन्द्रिय कमिटीमा उम्मेद्धवारी लगायतका विषयमा हुलाकी अनलाईनका लागि गरिएको कुराकानीको सम्पादित अंश ः
१ राजनितिमा कसरी अउनु भो ?
उत्तर ः म सामान्य परिवारमा जन्मिएको गाउँको मान्छे जवदेखी ममा चेतना र उमेरको विकास भयो अनि समाजमा देखिएको थुप्रै नकारात्मक चरित्रहरुलाई कसरी समाप्त पार्ने भन्ने कुरा मनमा खेल्थ्यो अनि ति विकृती र विसंगतिलाई राजनितिक नेतृत्वले मात्र न्याय दिएको आभाष हुन्थ्यो अनि विकृति, विसंगति र सामाजिक परिवर्तन राजनितिबाट नै सम्भव छ भन्ने लाग्यो र राजनितिमा प्रवेश गरेको हु ।
२ राजनितिमा त लाग्नु भो, राजनिति गर्न गाह्रो छ कि सजिलो ?
उत्तर ः अरु क्षेत्र जस्तो सजिलो त पक्कै छैन जटिल छ , राजनितिमा लाग्ने व्यक्तिले न्याय र परिवर्तनका निम्ती जस्तो सुकै बलिदानी दिन सक्छु भन्ने हिम्मत हुनै पर्छ ।
३ अखिलको २२ औं महाधिबेशनको खुब चर्चा छ नि ?
उत्तर ःदेशको सबैभन्दा जुजारु क्रियाशिल बिद्यार्थीहरुको नेता संगठन अखिलको महाधिवेशन विद्यार्थीहरुको लागि माहान पर्व हो । स्वभाविक खुशियाली छाउछ र चर्चा हुन्छ ।
४ तपाईको पनि चर्चा निकै सुनिन्छ नि ?
स्वभाविक हो, उमेरको बिकास र चेतना संगै राजनितिमा लागेको एउटा सिपाई जुन निरन्तर १५ बर्ष सम्म सामाजिक परिवर्तन र न्यायका निम्ती विद्यार्थीका अधिकार प्राप्तीका लागि आफ्नो सुन्दर जवानीहरु खर्च गरेको छ । त्यस्तो व्यक्ति अबको नेतृत्वमा आउछ कि , आउदैन भनेर चासो राख्नु मदन गिरी प्रतिको सदभाव हो भन्ने लाग्छ ।
५ तपाईको उम्मेद्धवारी चाहि के मा र किन ?
म अहिले लुम्बिनी भुगल केन्द्रिय सदस्यको उम्मेद्धवार हु । किन भन्ने तपाई को प्रश्नमा जाऊ म निरन्तर सामाजिक परिवर्तका निम्ती विद्यार्थी हक हित र अधिकारको रक्षाको लागी निरन्तर क्रियाशिल छु । पार्टि, संगठनले दिएको जिम्मेवारीहरुलाई कुशलता पूर्वक निर्भाह गर्दै आएको छु । अझै विद्यार्थी आन्दोलनलाई रचनात्मक तथा सृजनात्मक ढंगले अगाडी बढाउन र अनेरास्वीयु प्रति सारा विद्यार्थीको आकर्षण बढाउन मेरो उम्मेद्धवारी रहनेछ । अझै संगठन भित्र मौलाउदै गएको विकृतिलाई सहि दिशा प्रदान गर्दै अध्ययनशिल अनुशासित कार्यकर्तालाई संरक्षण गर्नका लागि मेरो उम्मेद्धवारी हो ।
६. अनेरास्ववियुमा दुई पक्ष भन्ने प्रष्ट छ ? तपाईलाई कस—कसको समर्थन छ ?
मलाई देशैभरिका प्रतिनिधि साथिहरुको समर्थन छ । लगातारको सक्रियता निरन्तरता र ईमान्दारीताको कारणले पनि तपाई केन्द्रिय कमिटिमा रहनु पर्छ भन्ने आम विद्यार्थी साथिहरुको चाहाना रहेको छ ।
७ भुगोल लुम्बिनीवाट केन्द्रिय सदस्यमा उम्मेद्धवारी दिदै हुनुहुन्छ , जिल्लाका नेताहरुको पनि प्रभाव रहन्छ तपाईलाई कस—कसको समर्थन छ ।
सवै नेताहरुको सद्भाव र समर्थन म प्रति छ ।
८. जिल्लाको सवै नेताको सद्भाव र समर्थन छ भन्नु भयो तर , तपाई प्याब्सनको शुल्क वृद्धिमा विरोध गर्दा जिल्ला शिक्षा कार्यलयमा प्रहरी दमनवाट घाईते भएर अस्पतालमा भर्ना हुदा समेत घटनाको खेद प्रकट गर्न नसक्ने एमाले जिल्ला कमिटीले तपाईलाई कसरी समर्थन गर्ला र जित्नुहोला ?
यो हाम्रो संगठनको अन्तरिक कुरा हो । नेताहरु मलाई भेट्न अस्पताल जानु भएको हो । आर्को कुरा म विद्यार्थी आन्दोलनमा लागि रहदा मृत्युसंग जुद्दै आएको एउटा योद्धा हु । मैले अर्को एउटा नयाँ जिवन पाएको छु । त्यौ सवै विद्यार्थी हकहित र सामाजिक न्यायका निम्ती सुम्पनेछु । विद्यार्थी प्रतिनिधिहरुको साथ र समर्थन मलाई छ । आशा छ न्याय गर्नु हुनेछ ।
९. अन्तिममा तपाईलाई केहि भन्न मन लागेको ?
अन्त्यमा म के भन्न चाहान्छु भने अनेरास्ववियुको महाधिवेशनलाई भव्य र सव्य रुपमा सफल पारौ । अनेरास्ववियु भनेको भविष्यका कर्णधार उत्पादन गर्ने नर्सरी हो । शैक्षिक योग्यता भएका अध्ययनशिल सक्षम अनुशाशित र इमान्दार नेतृत्व चयन गर्न सवै प्रतिनिधि साथिहरुलाई मेरो अपिल छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्