27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 04:15

TRENDING .

भाग्यमानी नेपाली ः नेपाललाई सीधै विश्वकप छनोट हुने अवसर

- Advertisement -

नेपालले अर्को आईसीसी यू–१९ विश्वकपमा सीधै छनोट हुने अवसर पाउन सक्छ । बंगलादेशमा भइरहेको यू–१९ विश्वकपमा एसोसिएटमध्ये शीर्ष रहने टिम सन् २०१८ मा न्युजिल्यान्डमा हुने प्रतियोगितामा सीधै छनोट हुनेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बिहीबार दुबईमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बंगलादेशमा एसोसिएटबाट नेपाल, अफगानिस्तान, नामिबिया, स्कटल्यान्ड, आयरल्यान्ड, फिजी र क्यानडाले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमा नेपाल र नामिबिया मात्र एसोसिएट राष्ट्रबाट क्वाटरफाइनल पुग्ने टिम हुन् । नेपाल र नामिबियामध्ये जो माथि रहन्छ, त्यही टिम न्युजिल्यान्डको विश्वकपका लागि सीधै छनोट हुनेछ । समूह चरणमा दक्षिण अफ्रिकालाई पराजित गरेको नामिबियाले शुक्रबार नै भारतसँग सेमिफाइनलमा स्थान पाउन खेल्दै छ ।Image result for nepali u 19 croket

एसोसिएटबाट ६ राष्ट्रले विश्वकपमा सहभागिता जनाइरहेका छन् । अस्ट्रेलियाले सुरक्षाका कारण नखेलेपछि आईसीसीले अन्तिममा आयरल्यान्डलाई खेल्न बोलाउँदा बंगलादेशमा ७ एसोसिएट राष्ट्रले यू–१९ विश्वकपमा प्रतिस्पर्धा गरिरहेका छन् । न्युजिल्यान्ड विश्वकपमा बाँकी ५ एसोसिएट राष्ट्रको छनोट क्षेत्रीय प्रतियोगिताबाटै हुनेछ ।

नेपाल २०१३ को नोभेम्बरमा कुवेतमा भएको एसीसी यू–१९ प्रिमियरमा दोस्रो भएपछि यू–१९ विश्वकपमा सोझै छनोट हुन सकेको थिएन । त्यसपछि गत वर्षको अक्टोबरमा मलेसियामा भएको आईसीसी यू–१९ विश्वकप छनोटको फाइनलमा आयरल्यान्डलाई ३ विकेटले पराजित गरी बंगलादेशको टिकट काटेको थियो ।

http://bit.ly/1KscTwZ

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्