27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 02:41

TRENDING .

कहिले खुल्छ नाकाबन्दी ?

- Advertisement -

प्रधानमन्त्री केपी ओलीले बुधबार आफूलाई भेट्न आएका एमाले भ्रातृ संगठन अनेरास्ववियुका नेता कार्यकर्तासँग शनिबारसम्म नाकाबन्दी खुल्न सक्ने धारणा राखे । ओलीको कुरा बाहिर आएलगत्तै बिहीबार विराटनगरमा मधेसी मोर्चामा आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज नाका बन्द गरिराख्नुपर्ने आवश्यक नरहेको अभिव्यक्ति दिए ।

विहारका नेताहरूलाई भेटेर फर्केका महतोले मोर्चा बैठकमा नाकाबन्दी खोल्ने प्रस्ताव लैजाने धारणासमेत सार्वजनिक गरे । प्रधानमन्त्री ओली र महतोका अभिव्यक्तिपछि ‘कुनै सकारात्मक परिणाम आइहाल्ने हो कि ?’ भनेर सबैको नजर अब हुने प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्तातर्फ सोझिएको छ ।

माघ ९ मा संविधान संशोधनपछि टुटेको संवाद गत सोमबारबाट पुनः सुरु भएको छ । त्यसपछि औपचारिक वार्ता त भएको छैन । तर, दुवै पक्ष सीमांकनबारे कुनै न कुनै सहमति गर्नुपर्ने मनस्थितिमा पुगेका छन् । सम्भवतः शुक्रबा

कहिले खुल्छ नाकाबन्दी ?

र वा शनिबार दुई पक्षबीच कार्यदल र शीर्ष तहमा संवाद हुन सक्छ । बिहार भ्रमणबाट फर्केका नेताहरू शुक्रबारसम्म राजधानी आइपुग्नेछन् ।

तमलोपा नेता महन्थ ठाकुर काठमाडौंमै छन् । उपचारका लागि भारत गएका तमलोपाकै नेता तथा वार्ता टोलीका सदस्य हृदयेश त्रिपाठी पनि बिहीबार फर्केका छन् । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव बिहीबारै राजधानी आइसकेका छन् भने महतो शुक्रबार आउने तयारी छ ।

‘सरकारका तर्फबाट वार्ताको संयोजन गरिरहेको छु, नेताहरू र्फकन थाल्नुभएको छ, उहाँहरू आइसकेपछि छलफल अघि बढ्छ,’ उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले कान्तिपुरसँंग भने, ‘हामीले नेपाल र नेपालीलाई दुःख दिने काम नगरौं भन्दै आएका छौं, अहिले उहाँहरू पनि मुलुक र जनतालाई समस्या पर्ने काम नगरौं, आन्दोलनको स्वरूप पुनर्विचार गरौं भन्ने मनस्थितिमा पुग्नुभएको छ, यो स्वागतयोग्य छ ।’

मोर्चाका नेताहरू पनि सहमतिको मनस्थितिमा देखिन्छन् । ‘कार्यदलका सबै सदस्यहरू जुटिसकेका छैनौं, भेला भएपछि सहमति खोज्ने प्रयास गर्छौं,’ कार्यदल सदस्यसमेत रहेका मेर्चाका नेता लक्ष्मणलाल कर्णले भने । मोर्चा आन्तरिक बैठकबाट कसरी अघि बढ्ने भन्ने औपचारिक निर्णय गर्ने तयारीमा छ । मोर्चासँगको वार्ताका लागि सत्तारूढ दलको आन्तरिक छलफल तीव्र भएको छ ।

प्रधानमन्त्री ओली र उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पुष्पकमल दाहालबीच बिहीबार छलफल भएको छ । ‘प्रधानमन्त्रीले सहमति खोज्न अधिकतम प्रयास गरिरहनुभएको छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘विश्वासको वातावरण बनाउन उहाँहरूले पनि पहल गर्नुपर्छ त्यसका लागि नाकाबन्दी हटछ भन्ने हाम्रो विश्वास छ ।’

तीन दल र मोर्चाबीच सीमांकनका लागि बनाइने राजनीतिक संयन्त्रको कार्यविधिबारे सहमति हुन सकेको थिएन । त्यही सहमति नभएकाले मोर्चाले असहमति राखेपछि सत्तारूढ र विपक्षी कांग्रेसलगायत दलले एकतर्फी रूपमा संविधान संशोधन गरेका थिए । संविधान संशोधनले माग पूरा नभएको भन्दै मोर्चाले नाकाबन्दीलाई जारी नै राखेको थियो । तर, सहमति खोज्ने मनसायका साथ मोर्चाका नेताहरू गत सोमबार वार्तामा आएपछि पुरानै कार्यदललाई ब्युँत्याएर काम अघि बढाउने सहमति भयो ।

आन्दोलनले जनजीवन अध्यधिक प्रभावित भएपछि स्थानीयले समेत मोर्चालाई नाका खोल्न दबाब दिइरहेका छन् । स्थानीय बजारसमेत धराशायी हुने अवस्था देखिएपछि मोर्चाका नेताहरू नाकाबन्दीको आन्दोलनलाई केही समय स्थगित गर्ने मनस्थितिमा पुगेका हुन् । सरकारसँग सहमति नभए नयाँ चरणको आन्दोलनका लागि शक्ति सञ्चयको अवसरसमेत हुने भएकाले मोर्चाका नेताहरू नाकाबन्दीको कार्यक्रम स्थगित गर्नुपर्ने सोचाइमा पुगेका हुन् ।

यता सरकार पक्षलाई पनि तत्काल नाका खुलाउन जरुरी भएको छ । नाका नखुलेको अवस्थामा भारत भ्रमणमा जान प्रधानमन्त्रीलाई नैतिक संकट पर्नेछ । त्यसैले जसरी पनि नाका सुचारु गर्ने वातावरण बनाउन सरकार आतुर छ ।
कान्तिपुरबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्