27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 03:52

TRENDING .

सस्तो उपचारले रोग बल्झाउँदै नवलपरासी सीमा क्षेत्रका सर्वसाधारण

- Advertisement -

हरि शर्मा
/ जिल्लाका सीमावर्ती क्षेत्रमा रहेका सर्वसाधारणहरु सस्तो उपचार हुने नाउँमा रोग बढाउँदै गएको चिकित्सकहरुले बताएका छन् । सीमा क्षेत्रमा रहेका सर्वसाधारणहरु सामान्यदेखि ठूला समस्याको उपचाका लागी नजिक रहेका भारतीय बजारका स्वास्थ्य संस्थाहरुमा जाने र त्यहाँ उपलव्ध गराईने औषधिका कारण झन समस्यामा पर्दै गएको उनीहरुको भनाई छ ।
बज्रदल गण परासीको आयोजनामा विहिवार सीमावर्ती गेर्मी गाविसमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा आएका बिरामीहरुको परीक्षणका क्रममा सो जानकारी भएको चिकित्सकहरुले बताएका छन् ।
नेपाली सेनाको बुटवलस्थित २२ नंम्बर फि.ए.(फिल्ड एम्बुलेन्स) गुल्मका मेडिकल अधिकृत डा. रविन्द्रजंग रायमाझीले सीमा क्षेत्रका सर्वसाधारणहरु सस्तो उपचारका नाउँमा भारतीय बजारमा जाने गरेको पाइएको बताए । जसका कारण त्यहाँ उपलव्ध गराएका औषधिले जटिल प्रकारका दिर्घकालिन समस्या देखिने गरेको उनले बताए । ‘ थोरै पैसामा धेरै औषधि दिने र धेरै औषधि खाए रोग छिटो निको हुने भ्रममा पर्दा नेपालीहरुले रोगको पोको पाल्दै गएको डा. रायमाझीको भनाई छ । भारतीय स्वास्थ्यकर्मीहरुले दिइएका त्यस्ता औषधिहरुले केही महिना रोग निको भएको महसुश भएपनि पछि गएर ठूलो समस्या पारेका थुप्रै केशहरु फेला परेको स्वास्थ्य टोलीले जनाएको छ ।
शिविरमा गेर्मीसहित सनई, पाल्हीलगायतका गाविसका ६ सय सयबढी सर्वसाधारणहरुले सेवा लिएको बज्रदल गणका प्रमुख सेनानी पूर्णप्रसाद ढकालले बताए । शिविरमा आएका बिरामीहरुलाई निःशुल्क औषधिसमेत दिइएको उनले बताए । ढकालले क्रमशः जिल्लाका अन्य सीमा क्षेत्रमा पनि शिविर सञ्चालन गरिने जानकारी दिए ।   शिविरमा त्यस क्षेत्रमा रहेका स्कुलमा अध्ययन गर्ने ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई सर्पदंश सम्बन्धि जानकारी दिइएको प्रमुख सेनानी ढकालले बताए ।
दाँत, पेट, छालालगायतको परीक्षण गरिएको शिविरमा चारजना डाक्टर, एकजना दाँत विशेषज्ञसहित १२ जनाको स्वास्थ्य टोलीले सेवा दिएको थियो । शिविरमा बृद्ध बृद्धाहरुमा हाडजोर्नी, छाला र महिलाहरुमा सेतोपानी बग्ने तथा पाठेघरका समस्या बढी भएका बिरामीहरु फेला परेको स्वाथ्य टोलीले जनाएको छ । शिविरमा फेला परेका जटिल प्रकारका बिरामीहरुलाई थप उपचारका लागी सरकारी अस्पतालहरुमा जान सल्लाह दिइएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्