27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:30

TRENDING .

नवलपरासी काग्रेस सभापतीमा जिसी र अधिकारीको उम्मेदवारी घोषणा

- Advertisement -

अधिकारी र लामीछानेमा सहमति नभए आफै निर्वाचन लड्ने वर्तमान सभापती कण्डेलको उद्घोष

कांग्रेस जिल्ला सभापतिमा महेन्द्रध्वज जि.सी. , मदनभक्त अधिकारी ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।जिल्लाका सबै क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिहरुको नामावली आएसँगै उनिहरुले ले आफ्नो उम्मेदावारी घोषणा गरेका हुन् ।  जिसीले परासी र अधिकारीले कावासोतमिा पत्रकार सम्मेलन गरेर आ आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । यसैविच नेपाली काग्रेस नवलपरासीका सभापति देवेन्द्र राज कण्डेलले पार्टिमा लामो समय देखी सक्रिय मदनभक्त अधिकारी र वर्तमान पार्टी सचिव विष्णु लामीछाने विच सभापतीमा सवै नेताहरु सहमति भए आफु निर्वाचन नलड्ने वताउनुभएको छ । P1080945तर अधिकारी र लामीछाने वाहेक अनय व्यक्ति चुनावि मैदानमा आए आफु मैदानमा आउने वताउनुभएको छ । नेपाली काग्रेस नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा  कण्डलले यस्तो वताउनुभएको हो । जि.सी. संस्थापन पक्षका हुन् । उनी पूर्वसभासद् एंव पूर्वजिल्ला सचिवसमेत हुन् । जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरुको बहुमत संख्या आफ्नो पक्षमा देखेपछि उनले बुधवार परासी सदरमुकाममा पत्रकार सम्मेलन गरेर आधिकारीक उम्मेदवारीको घोषणा गरेका हुन । केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, क्षेत्र नं. ६ का सभासद देवकरण जयसवलसहित जिल्लाका संस्थापन पक्षका नेताहरु सहभागी पत्रकार सम्मेलनमा जि.सी.ले आफ्नो उम्मेदवारी संस्थापनबाट रहेको बताए । भने सुर्यभक्त अधिकारीका छोरा मदनभक्त अधिकारीले देवेन्द्र राज कण्डेल र सांसद विक्रम खनालको उपस्थितीमा उम्मेदवारी घोषणा गरेका हुन् ।  जिल्लामा संस्थापक र प्रजातान्त्रिक दुवै पक्षले आफ्नो पक्षमा वहुमत रहेको दावि गर्दै आईरहेका छन् ।  उता देउवा पक्षबाट भने अहिलेसम्म कसैले पनि आधिकारिक उम्मेदवारीको घोषणा गरेका छैनन् । उम्मेदवारी घोषणा नगरेपनि वर्तमान जिल्ला सभापति देबेन्द्रराज कण्डेल र मदभक्त अधिकारीको नाउँ चर्चामा छ । कण्डेलले जि.सी. चुनाव लड्ने भए आफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् । जि.सी.ले उम्मेदवारीको दाबा छाडे आफुले पनि छाडेर सर्वसम्मतको प्रयास गर्ने कण्डेको भनाई छ । तर जि.सी.ले आधिकारिक रुपमा उम्मेदवारी घोषणासँगै अब कण्डेल र उनीबीच नै  प्रतिस्पर्धा हुने देखिएको छ ।कांग्रेसको जिल्ला अधिवेशनका लागी कुल १ हजार ७९ क्षेत्रीय प्रतिनिधिहरु चयन भएका छन् । पार्टी जिल्ला निर्वाचन अधिकृत राजेन्द्रप्रसाद न्यौपानेका अनुसार कुल १३ हजार ६ सय ४९ जना क्रियाशिल सदस्यहरु प्रतिनिधि चयन भएका हुन । चयन भएका मध्ये २ सय ८८ महिला प्रतिनिधि छन्  जिल्लामा ६ निर्वाचन क्षेत्र छन् । जसमा सबैभन्दा बढी क्षेत्र नं. १ मा दुईसय ३७ जना प्रतिनिधि चयन भएका छन् । त्यस्तै क्षेत्र नं.२ बाट एकसय ८६, क्षेत्र नं. ३ बाट एकसय ६५, क्षेत्र नं. ४ बाट एकसय ८२   क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । त्यसैगरी क्षेत्र नं ५ बाट एकसय ६४ र क्षेत्र नं. ६ बाट एकसय ४५ क्षेत्रीय प्रतिनिधी चयन भएको निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए  ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्