27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 03:23

TRENDING .

संस्थापनबाट जि.सी.को उम्मेदवारी घोषणा

- Advertisement -

कांग्रेस जिल्ला सभापतिमा महेन्द्रध्वज जि.सी.ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।जिल्लाका सबै क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिहरुको नामावली आएसँगै जि.सी.ले आफ्नो उम्मेदावारी घोषणा गरेका हुन् ।
जि.सी. संस्थापन पक्षका हुन् । उनी पूर्वसभासद् एंव पूर्वजिल्ला सचिवसमेत हुन् । जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरुको बहुमत संख्या आफ्नो पक्षमा देखेपछि उनले  परासी सदरमुकाममा पत्रकार सम्मेलन गरेर आधिकारीक उम्मेदवारीको घोषणा गरेका हुन । केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, क्षेत्र नं. ६ का सभासद देवकरण जयसवलसहित जिल्लाका संस्थापन पक्षका नेताहरु सहभागी पत्रकार सम्मेलनमा जि.सी.ले आफ्नो उम्मेदवारी संस्थापनबाट रहेको बताए । उनले जिल्लामा ८० प्रतिशत संस्थापनले जितेको दाबीसमेत गरे । ‘पाँच वर्षदेखि जिल्लाको संगठनको अवस्था नाजुक भएको छ, त्यसलाई पुर्नजिवित गराउन मैले उम्मेदवारी दिएकोहुँ जि.सी.ले भने,‘ मैले जितेपछि  सबै साथीहरुलाई समेटेर लैजाने छु ।’ १२ औं महाधिवेशनको जिल्ला अधिवेशनमा पूर्वगृहराज्य मन्त्री देबेन्द्रराज कण्डेलसँग पराजित जि.सी.ले अहिलेको उम्मेदवारीमा सबैको सहयोग रहने अपेक्षा लिए
उता देउवा पक्षबाट भने अहिलेसम्म कसैले पनि आधिकारिक उम्मेदवारीको घोषणा गरेका छैनन् । उम्मेदवारी घोषणा नगरेपनि वर्तमान जिल्ला सभापति देबेन्द्रराज कण्डेल र मदभक्त अधिकारीको नाउँ चर्चामा छ । कण्डेलले जि.सी. चुनाव लड्ने भए आफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् । जि.सी.ले उम्मेदवारीको दाबा छाडे आफुले पनि छाडेर सर्वसम्मतको प्रयास गर्ने कण्डेको भनाई छ । तर जि.सी.ले आधिकारिक रुपमा उम्मेदवारी घोषणासँगै अब कण्डेल र उनीबीच नै  प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्ला अधिवेशनका लागी १ हजार ७९ प्रतिनिधि चयन
कांग्रेसको जिल्ला अधिवेशनका लागी कुल १ हजार ७९ क्षेत्रीय प्रतिनिधिहरु चयन भएका छन् । पार्टी जिल्ला निर्वाचन अधिकृत राजेन्द्रप्रसाद न्यौपानेका अनुसार कुल १३ हजार ६ सय ४९ जना क्रियाशिल सदस्यहरु प्रतिनिधि चयन भएका हुन । चयन भएका मध्ये २ सय ८८ महिला प्रतिनिधि छन्
जिल्लामा ६ निर्वाचन क्षेत्र छन् । जसमा सबैभन्दा बढी क्षेत्र नं. १ मा दुईसय ३७ जना प्रतिनिधि चयन भएका छन् । त्यस्तै क्षेत्र नं.२ बाट एकसय ८६, क्षेत्र नं. ३ बाट एकसय ६५, क्षेत्र नं. ४ बाट एकसय ८२   क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । त्यसैगरी क्षेत्र नं ५ बाट एकसय ६४ र क्षेत्र नं. ६ बाट एकसय ४५ क्षेत्रीय प्रतिनिधी चयन भएको निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए  ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्