27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 02:50

TRENDING .

नयाँ सरकारदेखि नाका सहजसम्म प्रचण्डका कुरा

- Advertisement -

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक संयन्त्र मार्फत प्रदेश सीमाकंन पुनरावलोकनको प्रक्रिया अघि बढेपछिमात्रै भारतीय नाकाबन्दी खुल्ने बताएका छन् ।

संविधानसभाले संविधान जारी गरेलगत्तै सुरु भएको अघोषित नाकाबन्दी अन्त्य हुने अपेक्षामा प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको तयारी गरिरहेका बेला सत्तारुढ दलहरुको ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’का संयोजक समेत रहेका एमाओवादी अध्यक्ष दाहालको यस्तो भनाई आएको हो ।

 

‘संविधान संसोधनसंगै नाका खुल्छ भन्ने धेरैको अपेक्षा थियो । तर मलाईचाहिँ त्यस्तो लागेको थिएन,’ पार्टी कार्यालय पेसिरडाँडामा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले भने– ‘राजनीतिक संयन्त्र निर्माण गरी जवसम्म सीमाकंन पुनरावलोकनको प्रक्रिया अघि बढ्दैन, तवसम्म नाका खुल्छ जस्तो लाग्दैन ।’

आन्दोलनरत मधेसी मोर्चासंग विभिन्न चरणमा भएका औपचारिक/अनौपचारिक वार्ता, कुटनीतिक माध्यमबाट भारतसंग भएको संवाद र संविधान संसोधन पछि दक्षिण नाकाहरु केही सजह देखिएपनि वीरगञ्ज नाका खुलेको छैन । इन्धन लगायत अत्यावश्यक सामग्री आयातको नेपालको कुल आयातको ८० प्रतिशत हिस्सा ओगट्ने वीरगञ्ज नाकामा सुचारु नभई ब्यवहारिकरुपमा नाकाबन्दी अन्य हुँदैन ।

एमाओवादी अध्यक्ष दाहालले नाकाबन्दी अन्त्यपछिनै प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने बताए । यसअघि प्रधानमन्त्री ओली स्वयंले पनि वीरगञ्ज नाका सहज नभई भारत भ्रमणमा नजाने बताएका थिए । ओलीको आसन्न भ्रमण तयारी लागि अर्थमन्त्री बिष्णु पौडेल दिल्ली जाने तय भइसक्दा पनि वीरगञ्ज नाका सामान्य भएको छैन ।

तराई–मधेसको जनजीवन सामान्य भइसक्दा पनि लम्बिरहेको नाकाबन्दी भारतको समेत हितमा नभएको उल्लेखगर्दै दाहालले मधेसी मोर्चासंगको राजनीतिक संवाद र भारतसँग गरिने कुटनीतिक प्रयास छिटो निस्कर्षमा पुग्ने अपेक्षा भने गरेका हुन् । ‘परराष्ट्रमन्त्री कमल थापाले गर्नुभएको दोस्रो भारत भ्रमणका बेलानै नाकाबन्दी अन्त्य हुने आश्वास प्राप्त भएको हो,’ उनले भने– ‘रक्सौल नाकापनि विस्तारै सहज हुँदै गएको देखिन्छ, तर म यो दिनबाटै नाकाबन्दी अन्त्य हुन्छ भनेर यकिन गर्न सक्दिन ।’ कालोबजारि र तस्करीमा सक्रिय गिरोहले नाकाबन्दी लम्बियोस भन्ने चाहना राखेको पनि उनले बताए ।

दाहाल नेतृत्वको संयन्त्रले आइतबारमात्रै प्रधानमन्त्री ओलीलाई राष्ट्रिय हित र भारतसंगको सम्बन्ध सुधारमा केन्द्रीत राख्न सुझाव दिएको थियो । दिल्ली भ्रमणको तयारी सुरु हुनु अघिसम्म पनि पछिल्लो समयमा भारतसंग विग्रिएको कुटनीतिक सम्बन्ध र उत्तरी नाकावाट इन्धन आयातको वैकल्पिक प्रवन्धका सन्दर्भमा ओलीको पहिलो विदेश भ्रमण कता हुन्छ जिज्ञासा थियो ।

गणतन्त्र कार्यान्वयन पछि आफ्नो पहिलो विदेशभ्रमण चीनबाट सुरु गरेका तत्कालिन प्रधानमन्त्री दाहालले आफ्नो गन्तब्य छनौटप्रति प्रश्चाताप होइन, गर्व लागेको बताए । ‘एउटा छिमेकीको नाताले मैले बेजिङ ओलम्पिकको समापन समारोहमा जानै पथ्र्यो, त्यस अघि भारत जान सम्भव पनि थिएन,’ उनले भने– ‘मैले चीन–भारतबीच खेल्न खोजेको होइन । त्यतिवेला ओलम्पिक समापन समारोह बेजिङको साटो दिल्लीमा भएको भए म भारतनै पहिले जान्थे ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बेइजिङ ओलम्पिक समापनमा नजानु हाम्रो महान छिमेकीकोमा नजाने काम हुन सक्दैनथ्यो ।’

एमाओवादी अध्यक्ष दाहालले संविधान जारी हुनुअघि आफुले गरेको भारत भ्रमणका बेला प्रदेशको सिमाङकन सहितको संविधान जारी गर्ने वाहेकका विषयमा कुनै प्रतिवद्धता नजनाएको दाहालको दावी छ । ‘भारत भ्रमणका बेला त्यहाँका सबै नेतासँग राम्रो कुराकानी भएको हो ।

भारतलाई द्विविधामा पार्नेगरी केही कुरा गरेको छैन’ नाकाबन्दी हुनेगरी भारतसंग सम्बन्ध बिग्रनुको कारण र नेपाली नेताहरुले दिएको वाचा उल्लंघन गरेको भन्ने भारतीय आरोपबारे सोधिएको प्रश्नमा उनले भने– ‘उहाँहरु सबैको चासो सिमाङकन सहितको प्रदेश बनेमा परिस्थिति सहज हुन्छ भन्ने थियो । मैले भारत जानु अघि अन्तर्राष्ट्रिय हवाई अड्डामानै भनेजस्तो सीमाकंन सहितको संघीयता बनाउछौ भनेको हुँ । त्यहाँ अर्को कुनै शर्त दिएन, मैले कुनै प्रतिवद्धता जनाएको थिइन ।’

सीमाकंन बिनाको आठ प्रदेश निर्माण गर्नेगरी तयार भएको संविधानको पहिलो मस्यौदामा प्राप्त जनताको राय र राष्ट्रिय–अन्तर्राष्ट्रिय दवाव पछि प्रमुख दलका शीर्ष नेताहरुको सहमति अनुरुप प्रदेशको सिमाङकन सहितको अन्तिम विधेयक तयार भएको थियो ।

सरकारको बचाउ
एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री ओली नेतृत्वको सरकार र त्यसमा सहभागी आफ्नो दलका मन्त्रीहरुको सक्दो बचाउ गरे । प्रतिकुल परिस्थितिमा पनि सरकारले सकारात्मक काम गरिरहेको उनको दावी छ । पार्टीको आन्तरिक बैठक र सरकारको समिक्षामा पनि मन्त्रीहरुप्रति नकारात्मक विश्लेषण नभएको उल्लेखगर्दै दाहालले अबको दुई महिना भित्र सरकारले ठोस परिणाम दिने दावी गरे ।

‘सरकारलाई काम गर्न प्रतिकुल परिस्थिति छ । यो सरकारको कामलाई सामान्य समयमा जसरी मुल्याङ्कन गर्न मिल्दैन,’ सरकारको काम बारे पार्टीले गरेको मुल्याङ्कनबारे सोधिएको प्रश्नमा उनले भने– ‘प्रधानमन्त्री र मन्त्रिहरुको कामको मुल्याङ्कन अहिलेको राजनीतिक जटिलताको सन्दर्भलाई अघि राखेर गर्नुपर्छ । सबै मन्त्रीले आ–आफ्नो ठाउँबाट राम्रा गर्न खोजेका छन् ।’

इन्धन आपुर्तीको सहजता लगायतका विषयमा सरकारले गरेका कामको ठोस परिणाम आउन नसकेपनि मन्त्रीहरुको ‘तेजोबध’ गर्न नहुने उनले बताए । ‘नयाँ सरकार बनेपछि पुर्ननिर्माण प्राधिकरण गठन विधेयक पारित गर्ने, प्रधिकरण गठन गर्ने र पुर्ननिर्माण अभियान सुरु गर्ने जस्ता महत्वपूर्ण काम भएका छन्,’ उनले भने– ‘अहिलेनै सरकारले केहीपनि गर्न सकेन भन्ने होइन । तर संविधान जारी भएपछि धेरै जनअपेक्षाकाबीच बनेको सरकारले ठोस परिणाम दिनुपर्छ । समिक्षा बैठकमा मन्त्रिहरुले आफुले थालेका सकारात्मक कामलाई दुई महिनाभित्रै परिणाममा पुर्याउने प्रतिवद्धता जनाउनुभएको छ ।’

प्रधानमन्त्रीको लोभ छैन 
विनासकारी भूकम्पले पुर्याएको क्षतिको पुर्ननिर्माण सहितका कामका लागि राष्ट्रिय सहमतिको सरकारका पक्षमा रहेको उल्लेख गर्दै एमाओवादी अध्यक्ष दाहालले त्यसलाई आफ्नो प्रधानमन्त्रीको आकांक्षाका रुपमा नबुझ्न आग्रह गरे । ‘संविधान जारी हुनु अघि सुशीलजी (तत्कालिन प्रधानमन्त्री सुशील कोइराला), बिजय गच्छदारलगायतका नेताहरुबीच भएको समझदारी पनि ओलीजीको नेतृत्वमा राष्ट्रिय सहिमतिको सरकार बनाउने भनिएको थियो ।

मैले अन्तिम सम्म पनि कांग्रेस सहितको सरकार बनाउने प्रयास गरेको हुँ,’ उनले भने– ‘कांग्रेसको महाधिवेशन अघिनै पनि राष्ट्रिय सरकार बनाउन सकिन्छ । सबैले मान्छन् भने ओलीजीकै नेतृत्वमा पनि बनाउन सकिन्छ । कांग्रेसको महाधिवेशनबाट जो निर्वाचित भएर आउँछ, उसैको नेतृत्वमा पनि बनाउन सकिन्छ ।’

बाबुराम राष्ट्रघाती
अध्यक्ष दाहालले एमाओवादी परित्याग गरी नयाँशक्तिको गृहकार्यमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको कदमलाई ‘राष्ट्रघात’ भनेको छन् । भट्टराईको कदम जनयुद्ध, बलिदान, वेपत्ता योद्धा र सहिद परिवार विरुद्ध रहेको उल्लेखगर्दै उनले भने– ‘उहाँको कदम राष्ट्रघाती र विचारघाती मात्रै छैन, आत्मघाती पनि छ । उहाँले जे रोप्नु भएको छ, भोली त्यही फल्छ ।’

साम्यवादी दर्शनमा आधारित जनवादका लागि शसस्त्र क्रान्तिमा अगुवाई गरेका नेताले कम्युष्टि पार्टीनै परित्याग गरेको भट्टराईको जस्तो कदम संसारमै विरलै पाईने दाहालको भनाई छ । ‘जनयुद्धको समयमा म पार्टी अध्यक्ष र जनमुक्ति सेनोको सुप्रिम कमाण्डर हुँदा उहाँ जनसरकार (जनपरिषद्) प्रमुख हुनुहुन्थ्यो । हजारौको वलिदान हामिले मिलेर गरेको नेतृत्वमा भएको हो,’ उनले भने– ‘उहाँले जनयुद्ध र विलिदान, घाइते, वेपत्ता र सहिद परिवारको दायित्वबाट पछिने काम गर्नुभएको छ ।

कान्तिपुरबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्