27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:34

TRENDING .

इन्धन आपुर्ती सहज नभए सञ्चारगृह बन्दहुने

- Advertisement -

कावासोती , १९ माघ । पछिलो समय देशमा जारी रहेको नाका बन्दी र बढ्दो लोडसेडिङकोमारमा नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमा रहेको संचारगृहहरु संचालनमा बाधा पुगेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले ईलाका प्रशासन कार्यलय कावासोती मार्फत जिल्ला प्रशासन कार्यालय नवलपरासी , सुचना तथा संचार मन्त्रालय काठमाण्डौ , नेपाल पत्रकार महासंघकेन्दिय कार्यालय काठमाण्र्डौलाई ज्ञापन पत्र बुझाएको छ ।
मगलबार ईलाका प्रशासन कार्यलय कावासोतीमा ज्ञापन पत्र बुझाउदै नेपाल पत्रकार मंहासघ जिल्ला शाखा नवलपरासीका अध्यक्ष नारायण शर्माले पछिलो समय देशमा जारी नाका बन्दी र P1080887साताको ९३ घण्टासम्मको  लोडसेडिङले गर्दा सञ्चार गृह र स्थलगत रिपोर्टिङमा खटिने पत्रकारहरुलाई इलाका प्रशासन कार्यालय कावासोतीवाट दिइदै आएको एक सातामा २०० लिटरइन्धनले सञ्चागृह संचालनमा समस्या भएको हुदा सञ्चारगृहनै बन्द गर्नु पर्ने अबस्था आएपछि ज्ञापन पत्र बुझाएको बताएका छन् । ज्ञापन पत्र बुझाउन पुगेका नवलपुर क्षेत्रका सञ्चारगृह प्रमुख एवम् पत्रकारहरुले प्रशासनले नवलपुर क्षेत्रमा सातामा कम्तिमा दुई पटक गरी न्युनतम सातामा १०० लिटर इन्धन बितरणको ब्यबस्था मिलाउनुपर्ने र जनताको सुसुचित गर्ने अधिकारको सुरक्षाकालागि संचारगृहलाई सहजरुप इन्धन उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको बताएका छन् । सार्मथ्य रेडियोका प्रबन्ध निदेशक सागर प्रोख्रेलले ईलाका प्रशासन कार्यलय कावासोतीले सञ्चारगृह र पत्रकारलाई आबस्यकता अनुसार इन्धन उपलब्ध गराउन नसके संचारगृह बन्दगर्न बाध्यहुने समेत बताएका छन ।ज्ञापन पत्र बुझदै ईलाका प्रशासन कार्यालय कावासोतका निमिक्त प्रमुख टिकाराम वाग्लले अहिले पहिलेको जस्तो गरी इन्धन जिल्लामा समेत आउने नगरेको हुदा राजनैतिक दल र सरकारलाई दवाव दिन अनुरोध समेत गरेका छन । जिल्लाको नवलपुर क्षेत्रमा मात्र पहिले सातामा ५ टङ्कर इन्धन आउने गरेकोमा अहिले सातामा ३ टेङ्कर मात्र इन्धन आउने गरेको र लोडसेङ्गि समेत बढेको हुदा समस्या परेको उनले बताए ।
ज्ञापन पत्र बुझाउन नवलपुर क्षेत्रका संचारगृह प्रमुख,पेशागत संगठनका प्रमुख एवम् प्रतिनिधी र पत्रकारहरुको सहभागीता रहेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्