बुटवल । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा बुटवलका हरिप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् ।बुटवलमा जारी महासंघको चौथो महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रभात सुवेदी काठमाडौं, उपाध्यक्षमा सञ्जय कुमार चौधरी कैलाली, द्वितिय उपाध्यक्षमा नवराज ढकाल काठमाडौं, महासचिवमा नवनिधि पन्त काठमाडौं, उपमहासचिवमा मनहरि बस्याल रुपन्देही निर्विरोध निर्वाचित गरेको छ । तृतीय उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । एक जना तृतीय उपाध्यक्षका लागि अजयकुमार शर्मा काठमाडौं, देवकृष्ण काफ्ले कास्की, मातृका शिवाकोटी मोरङको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत कृष्ण प्रसाद पाण्डेले जानकारी दिए ।यस्तै क्षेत्रीय उपाध्यक्षका लागि मध्यमाञ्चलबाहेकबाट निर्विरोध निर्वाचित भएका छन् । पूर्वाञ्चलतर्फ राजलाल गुप्ता, पश्चिमाञ्चलतर्फ हेमानन्द शर्मा, मध्यपश्चिमाञ्चल तर्फ भैरवबहादुर रावल, सुदुरपश्चिमाञ्चलतर्फ गोमानसिं

ह हिमाल निर्विरोध निर्वाचित भए । लुम्बिनी अञ्चलतर्फबाट सिद्धिप्रसाद भुसाल अर्घाखाँची, महाकालीबाट महेश प्रसाद बोहोरा, कर्णालीबाट नन्दबहादुर शाही, गण्डकीबाट इश्वर पौडेल, सेतीबाट विरेन्द्र रावल, मेचीबाट ताराप्रसाद सिटौला र एशोसिएटबाट रामचन्द्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।