नविन पौडेल
माघ ४
नवलपरासीको कावासोतीमा जारी माघ मेला तथा धार्मिक यज्ञ महोत्तसव २०७२ मा सोमवार सम्म १८ लाख रुपैया नगद दान संकलन भएको छ । नेपालकै इतिहासकै प्रथम पटक भएको मेला तथा यज्ञमा सोमवार मात्रै ५ लाख भन्दा वढी नगद तथा जिन्सी दान संकलन भएको भएको हो । यसैगरी सिद्धेश्वर राधाकृष्ण मन्दिर कावासोती ८ वाट ४० मुरि धान र नगद १५ हजार यज्ञ लाई प्रदान गरीएको छ । भोली मंगलवार गणेश भगवानको विशेष पुजाअर्चना गरीने यज्ञ आयोजक समितीले जनाएको छ । यज्ञको ४ औ दिन सम्म यज्ञमा भक्तजनको घुईचो वढेको प्रचार प्रसार सचिव नविन पौडेलले जानकारी दिनुभयो । माघ ११ गते सम्म माघ मेला धार्मिक यज्ञ महोत्तसव २०७२ हुने यज्ञमा ईश्वर कृष्ण जी मराहाजले कथा वाचन गर्नु भएको छ । साथै नेपालका प्रख्यात सन्त महात्मावाट प्रवचन हुनेछ । साथै ईश्वर कृष्ण जीमहाराजले नवलपरासीको घोसारघाटमा शव दहन स्थल निमार्णमा समेत सहयोग गर्ने वचन दिनुभएको छ । यज्ञमा ११ लाख तिलको लड्डु गणेश भगवान लाई अपर्ण गर्नुका साथै हिन्दु धर्मको प्रचारात्मक र आध्यात्मीक पक्ष वारे पनी सचेतना फैलाउनु रहेको छ । यज्ञमा हरेक दिन राती भजन किर्तन भईरहेको छ । यज्ञ सफल पार्न स्थानीय लागीपरेका छन् ।
- Advertisement -
- Advertisement -