नविन पौडेल
माघ १
नवलपरासीको कावासोतीमा शुक्रवार देखी माघ मेला तथा धार्मिक यज्ञ महोत्तसव २०७२ सुरु भएको छ । नेपालकै इतिहासकै प्रथम पटक भएको मेला तथा यज्ञको सुरुवात विशाल कलश यात्राले नगर परिक्रमा गरेपछी भएको हो । देवघाट धाममा असाहाय वालवालिकाको लागि आवास , पितृमोक्षका लागि यज्ञ गरीएको लागिएको यज्ञ सम्पादन मुल आयोजक समितीका संयोजक देवि प्रसाद न्यौपानेले जानकारी दिनुभयो । माघ १ गते देखी ११ गते सम्म माघ मेला धार्मिक यज्ञ महोत्तसव २०७२ हुने यज्ञमा ईश्वर कृष्ण जी मराहाजले कथा वाचन गर्नुका साथै नेपालका प्रख्यात सन्त महात्मावाट प्रवचन हुनेछ । साथै ईश्वर कृष्ण जीमहाराजले नवलपरासीको घोसारघाटमा शव दहन स्थल निमार्णमा समेत सहयोग गर्ने वचन दिनुभएको छ । यज्ञमा ११ लाख तिलको लड्डु गणेश भगवान लाई अपर्ण गर्नुका साथै हिन्दु धर्मको प्रचारात्मक र आध्यात्मीक पक्ष वारे पनी सचेतना फैलाउनु रहेको छ । सोही पत्रकार सम्मेलनमा नारायण शर्माको अध्यक्ष , नविन पौडेल सचिव रहेको प्रचार प्रसार समिती समेत गठन गरीएको छ । यज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।यज्ञमा नवलपरासीका विभिन्न संगसंगठनले आफ्ना बाजागाजाँ र झाकी सहित सहभागीता जनाएका थिए । यज्ञ सफल पार्न स्थानीय लागीपरेका छन् ।
- Advertisement -
- Advertisement -