एक गाउँ, एक उत्पादनको उत्साह अभिबृद्धि गरी राष्ट्रिय स्तरका उत्पादनहरुको बजार प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप उद्योग वाणिज्य संघ नवलपरासीले दोस्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेलाको आयोजना गरेको छ ।मेला बारे जानकारी दिन परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष भरत थापाले कृषि, पर्यटन एंव औद्योगिक जिल्लाको रुपमा परिचित गराउन मेलाले महत्वपूर्ण योगदान दिने बताउनुभयो । भारतसँगको मूल नाकाको रुपमा नवलपरासी जिल्ला जोडीएकोहुँदा दुई देशको व्यापारिक सम्बन्धलाई पनि यसले थप मजबुत् बनाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । मेलामा भारतदेखि पनि व्यापारीहरुको सहभागिता हुने उहाँले बताउनुभयो । सुनवलमा आयोजना गरिने मेला माघ २९ देखि फागुन ११ सम्म सञ्चालन हुने छ.
- Advertisement -
- Advertisement -