विष्णु गौडेल , नवलपरासी
सरकारले सञ्चालन गरेको सरसफाई सप्ताहाको देशैभर सकारात्मक प्रभाव पर्न थालेको छ । त्यस मध्यपनि सरसफाइ अभियानको औपाचारीक उदघाटन गरिएको नवलपरासी जिल्लामा यसको ग्रामिण स्तर सम्म नै प्रभाव परेको छ । यहि पौष ९ गते नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा वजारमा स्थानिय विकास मन्त्रालयका सचिव माधव रेग्मीले उदघाटन गर्नु एक हप्ते सरसफाइ अभियन अहिले पुर्व र पश्चिम तर्फ क्रमिक रुपमा अगाडि वढिरहेका छन् तर नवलपरासीका गाउगाउ तर्फ पनि यसको सकारात्म प्रभाव विस्तार भइ रहेको पाइएको छ । सरसफाइ अभियान सुरु हुनु भन्दा एक हप्ता अघि देखि नै नवलपरासीका राजमार्ग आसपासका वजार तथा नगरपलिका क्षेत्रमा सरसफाइ अभियान नै सञ्चालन गरिएको थियो । अहिले जिल्लाको शहरी क्षेत्रमा सरसफाइ अभियान तुलनात्मक रुपमा घटदै गइ रहेको अवस्थामा जिल्लाकै ग्रमणि क्षेत्रमा विस्तार भएको छ । अहिले गाउ गाउमा स्वतर्फत रुपमा गाउ टोल सरसफाइ गर्नुका साथै वाटो विस्तार सम्मका कामले गति लिन थालेको पाइएको छ । नवलपरासीका गाविस तथा नगरपालिकाका भित्री गाउ तथा वडाहरुमा समेत स्थानिय नागरीहरु सरसफाइ कार्यमा जुटन थालेका छन् । यसैविच , कावासोती नगरपालिका ६ विष्णुनगरमा सरसफाइ अभियानले तिव्रता पाएको छ । नगरपालिकाको वडा नम्वर ६ का वडानागरीक मञ्च , टोल सुधार समिती , सामुदायिक वन समुह , स्थानिय राजनैतिक दलका प्रतिनिधी तथा स्थानिय वासिको सक्रियतामा अहिले विष्णुनगर क्षेत्रमा सरसफाइ कार्यलाइ सञ्चालन गरिएको छ । वाटो सरसफाइ , चोक तथा टोल टोलमा सरसफाइका कार्यक्रम सञ्चाल भइ रहेको कावासोती नगरपालिका ६ विष्णुनगरका वडा नागरीक मञ्चका सयोजक ज्ञानप्रसाद डुम्रेल वताउनु भयो । अहिले सो क्षेत्रका चोक चोकमा सरसफाइका वारेमा सन्देश लेखिएका चेतना मुलक व्यानर राख्ने काम पनि गरिएको छ भने प्रत्यक ८ घरको विचमा फोहर जम्मा गर्ने व्यवस्थीत रिङ राखिएको टोल सुधार समितीका अध्यक्ष्ँ जग्गनाथ गौडेलले वताउनु भयो । सरसफाइ अभियानका क्रममा वाटो छेउछाउ राखिएका निर्माण सामाग्रि हटाउने , वाटो फराकिलो वनाउने लगाएतका कर्य गरिएको छ । सरसफाइ अभियानकै क्रममा यहि १६ गते विषेश कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गौडेलले जानकारी दिनु भयो । विहिवार स्थानिय सघसस्था , विधालय, क्लव, आमासमुह ,टोल वासीको आवहानमा सयुक्त वृहत र्यालिको आयोजना गएिको छ । अव सरसफाइ अभियानलाइ निरन्तरा दिन र निरन्तर गाउको सरफाइ गर्नका लागि स्थानियलाइ जागरुक वनाउन विशेष अभियान सञ्चालन गरिएको वडानागरीक मञ्चका अध्यक्ष डुम्रेले वताउनु भयो ।