8.1 C
Kathmandu
Flowers in Chania

देशभरका गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

- Advertisement -

प्रेम न्यौपाने, कावासोती नवलपरासी, १५ पौष

देशभरका गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदैछन् । ‘ल्हो’ भन्नाले ‘वर्ग’ तथा ‘सार’ भन्नाले ‘नयाँ’ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । साथै नयाँ लुगा लगाउने, सेलरोटी, खीरलगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि रमाइलो गर्ने परम्परा छ ।
नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले पनि मनाउने गर्दछन् । तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तथा शेर्पालगायतका जातिले फागुन शुक्लप्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन् । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतिकका रूपमा लिइन्छ । यो वर्ष गुरुङ जातिले भेडा वर्षलार्ई बिदाई गरेर वाँदर वर्षलार्ई स्वागत गर्दैछन् । नेपाल सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदा दिदै आएको छ ।
तमु ल्होसारको उपलक्ष्यमा गुरुङ समुदायलले आज नवलपरासी लगाएत देशका विभिन्न स्थानमा विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउँदैछन् । सोही अवसरमा कावासोतीकोे कुमारवर्ती बहुमुखी क्याम्पसमा आज विशेष साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ । उक्त समारोहमा गुरुङ समुदायका विभिन्न भेषवुसा सहितको झाँकी प्रदर्शन र ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्