8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामामा परी तीन जनाको मृत्यु

- Advertisement -

प्रेम न्यौपाने  कावासोती नवलपरासी ÷१५ पौष
नवलपरासीमा मंगलवार साँझ भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामामा परी तीन जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत अरुणखोला दुम्किबास सडकखण्डमा पोखराबाट दिल्लीतर्फ जादैं गरेको ना ५ ख ९५२४ नम्बरको बस र बिपरित दिशाबाट आउदैं गरेको लु १७ प ९८५ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको हो । दुर्घट्नामा परि गम्भिर घाईते भएका मोटरसाईकलमा सवार नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ८ बस्ने २२ बर्षका रवि भण्डारी र सोही स्थान बस्ने बर्ष २५ का ओमप्रसाद योगीथारुको उपचारका क्रममा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस र चालक प्रहरी नियन्त्रणमा छन् ।
यसैंगरि मंगलवार अपरान्ह देउराली ४ बेलहानकिो भित्री सडक खण्डमा ना. ३ ख. ६५ नम्बरको स्कुल बसले सोही स्थान बस्ने १४ महिने बालक दिनेश पुलामीलाई ठक्कर दिदा उपचारको क्रममा उनको मृत्यु भएको छ । बालक पुलामीको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको कावासोती प्रहरीले जनाएको छ । बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्