कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीको नेविसंघ मुल ईकाई समितीको आयोजनामा मंगलवार स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेस जिल्ला सदस्य महेन्द्र पोख्रेलको प्रमुख आथित्यतामा सम्पन्न स्वागत कार्यक्रममा नेविसंघ केन्द्रिय सदस्य गोकुल कण्डेल , जिल्ला अध्यक्ष राजेश पौडेल , क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष एक नारायण अधिकारी , क्याम्पस प्रमुख झपेन्द्रेश्वर भुषाल लगाएतकाले बोल्नुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थी नेताले नेविसंघ विद्यार्थीको ढुकढुकी भएकाले विद्यार्थीको शैक्षिक अधिकारका लागि सदैव लागिपर्ने वताएका थिए । ईकाई अध्यक्ष निरञ्जन वगालेको अध्यक्षता तथा नेविसंघ क्षेत्र नम्मर २ ा सभापती विनोद रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेविसंघका जिल्ला कोषाध्यक्ष लक्ष्मण रिजाल , हरि सुवेदी लगाएत विद्यार्थीको बाक्लो सहभागीता थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य तथा आ आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए ।