मङ्गलबार १४ पुष, २०७२
माघ १ गते देखि ११ गते सम्म धार्मिक मेलाको प्रचार प्रसार तिव्र पारीएको छ । प्रचार अभियान अन्र्तगत नवलपरासीका विभिन्न स्थानमा छलफल तथा यज्ञको सफलताका लागि भक्त तथा सर्वसाधारणहरको उल्लेखय सहभागीतामा प्रचार अभियान जारी छ । यसैक्रममा कावासोती नगरपालिकाको शंखदेवमा राष्ट्रिय सतरका कलाकारद्धारा भजन किर्तन तथा नृत्य प्रस्तुत गरीएको छ । नेपालमा नै पहिलो पटक गर्न लागिएको धार्मिक मेला तथा पितृमोक्ष दुख निवारण यज्ञ सफल पार्नका लागि स्थानीय वासीन्दाको सक्रिएता उल्लेख्य रहेको चन्द्रकान्त काफ्लेले जानकारी दिनुभयो । बैशाख १२ गते गएको विनासकारी भुकम्पमा परेर दिवंगत भएका सन्तानको शिक्षा तथा वसोवासको लागि सो धार्मिक मेला आयोजना हुन लागेको हो । नवलपरासीको कावासोती खुल्ला मैदानमा हुने धार्मिक मेला तथा धन धान्याञ्चल महायज्ञको लागि देवि प्रसाद न्यौपानको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन भएको छ । यज्ञका लागि जिल्लाका विभिन्न सथानमा स्थानीयले स्वतंस्फुर्त ब्यानर टागेर कावासोती नगर लाई नै यज्ञमय बनाईरहेका छन् .