27 C
Kathmandu
Monday, June 21, 2021

ट्रक जलाइदिएको अाक्रोसमा मोर्चा नेताले यसरी गाेदाइखाए

- Advertisement -
- Advertisement -spot_imgspot_img

रौतहट— जिल्लामा गौरपछिको ठूलो व्यापारिक केन्द्र गरुडामा स्थानीय व्यापारी राम अयोध्या साह र उनका कान्छोभाइ ट्रकमा इँटा लोड गरेर पोखरातर्फ पठाउँदै थिए। मेथुरा चाेकमा मधेसी मोर्चाका कार्यकर्ताले ट्रकमा आगो सल्काइदिए। ट्रक जल्यो। इन्जिनिमा क्षति पुग्यो।

ना४ख ४६०५ र ना५ख १६७० नम्बरका दुई ट्रक मेथुर चोकमा मोर्चा कार्यकर्ताले जलाएका हुन्। सम्पति नस्ट भएकोमा आक्रोसित उनीहरुले बिहान चिया पसलमा चिया पिउन आएका मोर्चाका स्थानीय नेता कौशल खान मिथिलालाई सोधे, ‘हाम्रो ट्रकमा किन आगो लगाएको?’
truck

अागजनी गरिएको ट्रक

उनले भने, ‘आन्दोलनका बेला व्यापार सञ्चालन गरेकाले जलाएका हौं।’

त्यसपछि दाजु राम अयोध्याय साह र उनका भाइ विनोद साह कौशलको कठालो समातेर प्रहरीलाई खबर गरे। इलाका प्रहरी कार्यालय नजिकै भए पनि प्रहरी त्यहाँ आएन। राति ट्रकको आगो निभाएको प्रहरी बिहान त्यही विषय उठ्दा चुपचाप रह्यो। आन्दोलनदेखि वाक्क भएका केही सर्वसाधारणको सहयोगमा अन्ततः व्यापारी दाजुभाईले मोर्चा नेतालाई कुटपिट थाले। स्थानीय नेता कौशल खान मिथिलाले व्यापारी दाजुभाइ र सर्वसाधारणको लात्ती प्रहार खाए। मुक्का खाए।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्