27 C
Kathmandu
Monday, June 21, 2021

मोर्चाद्वारा सवारी साधनमा तोडफोड

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी, १४ पुस ।

नवलपरासीको प्रतापपुर ४ बेलाटारी पुलमा बन्दको अवज्ञा गरेको भन्दै मधेषी मोर्चाका कार्यकर्ताहरुले दुई वटा सवारी साधनमा तोडफोड गरेका छन् । मंगलबार दिउंसो कुखुराको दाना बकेको लु १ क १०५८ नम्बरको मिनी ट्रक र इन्धन लिन खाली ग्यालिन लिएर जांदै गरेको बा ३ च १३२ नम्बरको बलेरो जिपमा तोडफोड गरेका इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । तोडफोडबाट दुवै सवारी साधनको सिसा फुटेको छ । तोडफोड गरेको जीप र ट्रक आन्दोलनकारीले बेलाटारी प्रहरीको जिम्मा लगाएको छ । त्यस्तै ना ४ ख ८८९ नम्बरको ट्रकलाई पनि मंगलबार आन्दोलनकारीले बैदौलीबाट आफ्नो नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्