27 C
Kathmandu
Monday, June 21, 2021

कोइराला रक्षात्मक, देउवा र पौडेल आक्रामक

- Advertisement -
- Advertisement -spot_imgspot_img

महाधिवेशन आउन अब ७० दिन मात्र बाँकी हुँदा शीर्ष नेताहरूले तयारीलाई तीव्रता दिएका छन् । अहिलेसम्म सभापतिका लागि नेता शेरबहादुर देउवा र संस्थापनबाट उपसभापति रामचन्द्र पौडेलले उम्मेदवार बन्ने बताइसकेका छन् । तर, वर्तमान सभापति सुशील कोइरालाले आफू अघि बढ्ने कि उपसभापति पौडेललाई अघि बढाउने भन्ने अन्तिम निर्णय लिइसकेका छैनन् ।

यसअघि पनि अन्तिमसम्म नखुल्ने कोइरालाको शैली उस्तै छ भने नेता देउवा र उपसभापति पौडेलले महाधिवेशनको तयारीलाई आक्रामक बनाएका छन् । यी दुवै नेता ‘कस्तो बन्यो संविधान, एकता र सद्भावको अभियान’ अभियान लिएर देश दौडाहामा छन् । सभापति कोइराला भने कोठे बैठक गरी रणनीति बनाउनमा केन्द्रित छन् ।

माघ दोस्रो हप्ताबाट कांग्रेसको महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशन सुरु हुनेछन् । त्यसैलाई मध्यनजर गर्दै शीर्ष नेताहरूले आक्रामक रूपमा प्रशिक्षण र भेलाका कार्यक्रमलाई तीव्रता दिएका हुन् ।

coभित्री तयारीमा कोइराला

सभापति कोइरालाले सभापतिमा उठ्ने विषयमा मुख खोलिसकेका छैनन्, तर ‘जित्ने मान्छे उठ्नुपर्छ भन्दै’ घुमाएर आफैँ उम्मेदवार बन्ने सन्देश दिइरहेका छन् । उनी आफूनिकटका आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडूसँग दिनहुँजसो छलफल गरिरहेका छन् । पछिल्लो समय क्रियाशील सदस्यता छानबिनका लागि संयोजक नरहरि आचार्यले नसघाएको भन्दै ढुंगाना, बडूसहितका नेता उनीप्रति असन्तुष्ट छन् ।

कोइराला संस्थापन महामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, नरहरि आचार्य, महेश आचार्यसँग पनि नियमित सम्पर्कमा छन् । ‘देउवाजी र पौडेलजीजसरी सभापतिजी देश दौडाहामा हुनुहुन्न, तर आन्तरिक रणनीतिमा लागेका बुझेका छौँ,’ कोइरालाले मनोनीत गरेका एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँ कोइराला खानदानमा कसरी कांग्रेसको बागडोर राखिराख्ने भन्ने रणनीतिमा हुनुहुन्छ ।’

कोइरालानिकट नेता एवं संगठन विभाग प्रमुख ढुंगाना देउवा र पौडेल आक्रामक भई देश दौडाहामा निस्कँदासमेत आफूहरू जान नसकेको बताउँछन् । ‘देउवाजी र पौडेलजी देश दौहाडामा निस्कनुभयो, सभापति कोइराला काठमाडौं बाहिर गए मिडियाले कांग्रेस गैरजिम्मेवार बन्यो भन्छन्, त्यसैले हामी अप्ठ्यारोमा परेका छौँ,’ ढुंगानाले नयाँ भने, ‘अब हामी पनि समय मिलाएर निस्कन्छौँ ।’

देउवा आक्रामक प्रचारमा

संस्थापनबाट सभापतिको उम्मेदवार को हुने भन्ने प्रस्ट नभइरहेका वेला अर्को पक्षबाट उम्मेदवारको निश्चितता भएका देउवा पश्चिम नेपालमा नेता–कार्यकर्ता भेटघाटमा छन् । ९ पुसमा कैलालीको धनगढीमा प्रशिक्षण प्रतिष्ठानद्वारा गरिएको अगुवा प्रशिक्षक प्रशिक्षणमा देउवा सहभागी भए । १० पुसमा नेपाल जेसिजको अधिवेशनका लागि कञ्चनपुरको महेन्द्रनगर पुगे ।

गत शुक्रबार शिक्षक संघको प्रशिक्षण र १२ पुसमा प्रजातन्त्रवादी प्राध्यापक संघको क्षेत्रीय भेलामा सहभागी भएका देउवा १३ पुसमा काठमाडौं फर्कने कार्यक्रम छ । भन्नलाई प्रशिक्षणको नाम दिइए पनि देउवा महाधिवेशन तयारीका लागि यस्ता कार्यक्रममा सहभागी भइरहेका छन् । विमलेन्द्र निधि, चन्द्र भण्डारी, गगन थापा, एनपी साउद, सुरेन्द्र पाण्डे, रमेश लेखकसहितका नेतासहित देउवा पश्चिम नेपालमा सक्रिय छन् ।

पौडेलको दौडाहा पनि उस्तै

पार्टी सभापति कोइरालाले मुख नखोले पनि यसपटक सभापति उम्मेदवारका लागि पौडेलले दाबी छाडेका छैनन् । ‘कस्तो बन्यो संविधान एकता र सद्भावको अभियान’अन्तर्गत पौडेलले यसअघि विराटनगर र सुनसरीमा कार्यक्रम गरिसकेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । त्यस्तै, आफैँ नेतृत्वअन्तर्गतको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत नै यस्ता कार्यक्रम भएको उनले बताए ।

सुरुमा संविधान बुझाउने अभियानअन्तर्गत बाग्लुङ, म्याग्दी, पर्वत, कास्कीमा प्रशिक्षण, कार्यकर्ता भेलाको कार्यक्रम गरे । पौडेल ‘कस्तो बन्यो संविधानको अभियान’अन्तर्गत सुदूरपश्चिमका जिल्ला सभापति र क्षेत्रीय सभापतिको प्रशिक्षणमा पनि सहभागी भए । यसका लागि उनी ७ गते कञ्चनपुर, ८ गते धनगढी पुगेका थिए । ९ पुसमा काठमाडौं फर्किएका पौडेलले १० पुसमा पुन: कास्कीमा डेमोक्रेटिक लयर्सको पश्चिमाञ्चल भेलालाई सम्बोधन गरेका थिए । –

नयाँपत्रिकाबाट

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्