27 C
Kathmandu
Monday, June 21, 2021

सिमाङ्कन हेरफेरको माग तत्काल पुरा नहुने – सिटौला

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मधेशीनेताले मागेको सिमाङ्कन हेरफेरको माग तत्काल पुरा नहुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन नवलपरासीले कावासोतीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिटौलाले सो कुरा बताउनुभएको हो ।  सिमाङ्कन सम्बन्धी  विवाद सुल्झाउन राजनैतिक समिति गठन गरि त्यसको प्रतिबेदनको आधारमा काम गर्नु पर्ने सिटौलाको भनाई छ । ।  मधेशमा जारी आन्दोलन केही दिनमा शान्त हुने बताउदै सिटौलाले भने हामी उनीहरुले संविधान जारी हुनु भन्दा अगाडी देखिनै नकारात्मक प्रचार गर्दै मधेशी जनतालाई भ्रमित तुल्याएका छन् । उनीहरुले विशेष गरी नागरिकताको सवाललाई उठाएका छन् । नागरिकताको प्रावधानमा  संघीय कानुन अनुसार हुने भन्ने शब्दको सट्टा प्रचलित कानुन भन्ने शब्द संविधानमा लेखेर उनीहरुको माग संवोधन गर्ने तयारी भएको र हाल पनि अंगीकृत नागरिकता पाइरहेृको हुदा त्यसमा समस्या नरहेको सिटौलाले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्