27 C
Kathmandu
Monday, June 21, 2021

कावासोतीमा माघ १ गते देखि ११ गते सम्म माघ मेला तथा धार्मिक यज्ञ महोत्सव हुने

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको कावासोतीमा माघ १ गते देखि ११ गते सम्म माघ मेला तथा धार्मिक यज्ञ महोत्सव  आयोजना हुने भएको छ । ११ दिन सम्म सञ्चालन हुने धार्मिक मेलामा पितृमोक्ष दुख निवारण  १ लाख लड्डु द्धारा गणपती अर्चना गरिने सो धार्मिक मेला नेपालको इतिहासमै पहिलो पटक हुन लागीरहेको छ । वैशाख १२ गते गएको भुकम्पमा परी मृत्यु भएका व्यक्तिको आत्माको मुक्तिका लागि पनी यज्ञ गर्न लागिएको आयोजकले जनाएको छ । यज्ञ सफल पार्नका  लागि शनिवार यज्ञ स्थल कावासोतीको खुल्ला चौरमा धर्मावलमिवको भेलाले यज्ञ सम्पादन मुल समिती समेत गठन गरेको छ । यसैगरी  भुकम्पमा परेर दिवंगत भएका व्यक्तिका सन्तानहरुको भोजन तथा शिक्षाको लागि यज्ञ वाट संकलित रकम खर्च गरीने छ । सो धार्मिक मेला आयोजना हुन लागेको हो । नवलपरासीको कावासोती खुल्ला मैदानमा हुने धार्मिक मेला तथा धन धान्याञ्चल महायज्ञको लागि मुल आयोजक समिति समेत गठन भएको छ । धार्मिक महोत्सव मुल आयोजक समितिका संयोजक देवि प्रसाद न्यौपाने , सह संयोजक लक्ष्मी सापकोटा , लक्ष्मी भण्डारी, युक्त प्रसाद गैरे , श्याम सुन्दर भण्डारी र सचिव विन्दु खनाल ,कोषाध्यक्षमा शशिधर चापागाई  गरि १४ जनाको मुल आयोजक समिति गठन भएको  छ । यसैगरी उपसमिती समेत गठन गरीने आयोजकले जनाएको छ । यज्ञमा वालव्यास ईश्वर कृष्ण जि महाराजले प्रवचन गर्नुहुनेछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्