27 C
Kathmandu
Monday, June 21, 2021

भूकम्प प्रतिरोधी घरका ८ मोडल

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरकारले ग्रामीण क्षेत्रमा ढुंगा र इँटाबाट बनाउन सकिने भूकम्प प्रतिरोधी ८ वटा घरको मोडल सार्वजनिक गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक गरेको मोडलमा २ वटा घरमा भुइँतल्ला मात्र रहेको छ भने ६ वटामा तला उठाइएको छ ।

घरका सबै डिजाइनहरू परिमार्जित राष्ट्रिय भूकम्प संहिता अनुसार रहेको विभागले जनाएको छ । घरको गारोमा ढुंगामात्र प्रयोग गरिन्छ र हरेक २ फिट गारोमा सिमेन्टको बेस राखिनेछ । सरकारले दिने २ लाख रुपैयाँ अनुदानबाट भूकम्प पीडितले यिनैमध्ये एक डिजाइनको घर बनाउनुपर्नेछ । यदि २ लाख रुपैयाँ भन्दा बढी रकम लागेमा घरधनी आफैले ब्‍यहोर्नुपर्ने सरकारले जनाएको छ । ग्रामीण क्षेत्रमा उपयोगी भनिएको घरहरुको मोडल यस्तो छ ।

यस्ता छन् सरकारले सार्वजनिक गरेको घरका मोडेलहरू :

मोडल १

house to protect earthquake1
यो भुइँतला मात्र भएको घर हो, जुन घर ३ देखि ५ जनाको परिवारका लागि उपयुक्त हुन्छ । यसमा करिब साढे दुई मिटर चौडाइ र साढे ४ मिटर लम्बाइका दुईवटा कोठा हुन्छन् । त्यस्तै, डेढ मिटर चौडाइ र साढे ६ मिटर लम्बाईको बरण्डा हुन्छ । यस घरको गारोमा हरेक २/२ फिटमा सिमेन्टको बेस राखिएको छ । घर निर्माणका लागि २४ घनमिटर ढुंगा, १ सय ४१ बोरा सिमेन्ट र २४ घनमिटर बालुवा, ९ घनमिटर गिटी, २.२ घनमिटर काठ र साढे ४ बण्डल जस्तापाता लाग्नेछ भने १ सय ४९ जना दक्ष र ३ सय ६१ जना अदक्ष कामदार लाग्ने जनाइएको छ ।

मोडल २
house to protect earthquake2यो भुइँतल्ला मात्र भएको घर १ देखि ३ जनासम्म सदस्य भएको परिवारका लागि उपयुक्त हुन्छ । यसभित्र साढे २ मिटर चौडाइ र साढे ४ मिटर लम्बाइको एउटा कोठा हुन्छ । बाहिर २.८५ मिटर चौडाइ र साढे ४ मिटर लम्बाइ भएको वरण्डा हुन्छ । घर निर्माणका लागि २५ घनमिटर ढुंगा, ९२ बोरा सिमेन्ट, १४ घनमिटर बालुवा, ९ घनमिटर रोडा, करिब २ घनमिटर काठ, साढे ३ वण्डल जस्तापाता आवश्यक पर्छ । घर निर्माणका लागि ९७ जना दक्ष र २ सय ५२ जना अदक्ष जनशक्ति आवश्यक पर्छ ।

मोडल ३
house to protect earthquake3यो दुई तले घर ४ जना सदस्य भएको परिवारका लागि उपयुक्त हुन्छ । यसमा भुइँतलामा २ कोठा र माथिल्लो तलामा २ कोठा रहेको छ । यसका कोठाहरु २.६५ मिटर चौडाइ र ४.३ मिटर लम्बाइका हुन्छन् भने भुइँतलाको वरण्डा १.५ मिटर चौडाइ र ६.३५ मिटर लम्बाइको हुन्छ । घर निर्माणका लागि ४८ घनमिटर ढुंगा, १ सय ८७ बोरा सिमेन्ट, २९ घनमिटर बालुवा, १० घनमिटर रोडा, साढे ४ घनमिटर काठ, ४.७१ बण्‍डल जस्तापाता आवश्यक पर्छ । घर निर्माणका लागि २ सय ७९ जना दक्ष र ६ सय २६ जना अदक्ष जनशक्ति आवश्यक पर्छ ।

मोडल ४
house to protect earthquake4यो दुई तले घर ३ देखि ७ जना सदस्य भएको परिवारका लागि हो । यसको भुइँतला र माथिल्लो तलामा ३-३ वटा कोठासहित वरण्डा हुन्छ । दुइवटा कोठा ३ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुन्छन् भने अर्को एक कोठा र वरण्डा २.१ मिटर चौडाइ र ३ मिटर लम्बाइको हुन्छ । ७२ घनमिटर ढुंगा, २ सय बोरा सिमेन्ट, ४० घनमिटर बालुवा, १० घनमिटर रोडा, ११ सय ४१ किलोग्राम रड, साढे ४ वण्डल जस्ता, साढे ४ घनमिटर काठ आवश्यक पर्छ । घर निर्माणका लागि ३ सय ४ जना दक्ष र ४ सय ५८ जना अदक्ष जनशक्ति आवश्यक पर्छ ।

मोडल ५
house to protect earthquake5यो दुई तले घर ८ देखि १० जना सदस्य भएका परिवारका लागि हो । यसको दुवै तलामा दुई/ दुई वटा कोठा र वरण्डा रहेको छ । कोठाहरु ३.२२५ मिटर लम्बाई र ३.१५ मिटर चौडाईका छन् भने वरण्‍डा ७.८ मिटर लामो र १.२१ मिटर चौडाइको रहेका छन् । ८६ घनमिटर ढुंगा, ३ सय ११ बोरा सिमेन्ट, ४८ घनमिटर बालुवा, २६ घनमिटर रोडा, १७ सय ९२ किलोग्राम रड, करिब ३ घनमिटर काठ र साढे ४ बण्डल जस्ता आवश्यक पर्छ । घर निर्माणका लागि २ सय ६३ जना दक्ष र ५ सय ९२ जना अदक्ष जनशक्ति आवश्यक पर्छ ।

मोडल ६
house to protect earthquake6यो दुई तले घर पनि ८ देखि १० जनाको परिवारका लागि हो। यसको दुई तलामा २/२ वटा कोठाहरु ३.२२५ मिटर लम्बाई र ३.१५ मिटर चौडाइका रहेका छन्। यसको दुबै तलामा वरण्डा निकालिएको छ जसको लम्बाई ७.३ मिटर र चौडाई १.२५ मिटरको छ । ३८ घनमिटर ढुंगा, २ सय ५३ बोरा सिमेन्ट, ४९ घनमिटर बालुवा, ८ घनमिटर रोडा, साढे ५ घनमिटर काठ, साढे ४ वण्डल जस्ता र ७ सय ३ किलोग्राम रड आवश्यक पर्छ । यसका लागि २ सय ८६ जना दक्ष र ५ सय ६५ जना अदक्ष जनशक्ति आवश्यक पर्छ ।

मोडल ७
house to protect earthquake7यो साढे दुई तलाको घर हो । जसको तलका दुईवटा तलामा २.७ मिटर लम्बाई र त्यति नै चौडाइ भएका तीन/ तीनवटा कोठा रहेका छन् । भुइँतला र माथिल्लो तलाको बरण्डा ६.५५ मिटर लम्बाई र १.१ मिटर चौडाइको रहेको छ । त्यस्तै, तेश्रो तलामा पनि खाली ठाउँ रहेको छ । १ सय ३८ घनमिटर ढुंगा, ३ सय ६ बोरा सिमेन्ट, ५९ घनमिटर बालुवा, ११ घनमिटर रोडा, साढे ६ घनमिटर काठ, साढे ५ वण्डल जस्ता र ८७८ किलोग्राम रड आवश्यक पर्छ । घर निर्माणका लागि ४ सय १८ जना दक्ष र ७ सय ४५ जना अदक्ष जनशक्ति आवश्यक पर्छ ।

मोडल ८
house to protect earthquake8यो साढे २ तलाको घरमा ढुंगाको गारोमा आरसिसी स्ल्याब राखिएको छ । यसको दुईवटा तलामा दुईवटा कोठा र वरण्डा तथा माथिल्लो तलामा छत रहेको छ । यो घरमा कोठाहरु ३.३ मिटर लम्बाई र २.७ मिटर चौडाइ रहेको छ भने वरण्डा ३.३ मिटर लम्बाई र २.१ मिटर चौडाइ छ । भूकम्प प्रतिरोधीहरुका लागि गाउँघरमा नै पाइने सामग्रीको प्रयोग गर्न मिल्ने गरी बनाइएको डिजाइनमध्ये यो सबैभन्दा महङ्गो डिजाइन हो । १ सय ३२ घनमिटर ढुंगा ५ सय ४ बोरा सिमेन्ट, ८१ घनमिटर बालुवा, ३१ घनमिटर रोडा, २ घनमिटर काठ र २८१४ किलोग्राम रड आवश्यक पर्छ । घर निर्माणका लागि ४ सय १२ जना दक्ष र ९ सय ६२ जना अदक्ष कामदार आवश्यक पर्छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्