27 C
Kathmandu
Monday, June 21, 2021

नेताहरु गोप्य परामर्श र भेटघाटमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

११ पुस ।
तराई–मधेसको समस्या समाधान गर्ने र व्यवस्थापिका–संसद्को गत्यावरोध खोल्ने विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज विभिन्न राजनीतिक दलका नेताहरुसँग राजनीतिक परामर्श गरेका छन्।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग उनले छुट्टाछुट्टै परामर्श गरेका छन्।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको परामर्शमा व्यवस्थापिका–संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयकलाई आन्दोलतर मधेसी मोर्चाको सहमतिमा नै अगाडि बढाउने विषयमा छलफल भएको थियो ।

लामो समयदेखि मुलुक सङ्कटमा फसेको, समस्या समाधानको विभिन्न प्रयत्न भए पनि सार्थक निष्कर्ष ननिस्केको भन्दै सदनमा पेस भएको संविधान संशोधन विधेयकलाई अधिकतम सहमतिमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको थियो ।

अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलका अनुसार नेताहरुबीचको परामर्शमा आइतबार बस्ने सदनको बैठकबाट संविधान संशोधन विधेयकलाई अगाडि बढाउने र नेपाल–भारत सीमामा जारी रहेको अवरोध हटाउने विषयमा नै केन्द्रित रहेको थियो ।

मोर्चाका नेतासँग छुट्टै परामर्श

एमाओवादी अध्यक्ष दाहालले आजै सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि छुट्टै छलफल गरेका छन्।

राजधानीको एक निजी निवासमा भएको छलफलमा अध्यक्ष दाहालले सदनमा पेस भएको संविधान संशोधन विधेयकलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए। तर मोर्चाका नेताहरुले भने सीमाङ्कनको विषय नै प्रमुख एजेन्डा भएकाले सो विषयमा प्रस्ट अवधारणा अगाडि सार्न आग्रह गरेका थिए।

अध्यक्ष दाहालले भने सीमाङ्कनको विषय जटिल विषय भएकाले राजनीतिक समितिमार्फत तीन महिनाभित्र समाधान गर्न सकिने भएकाले सहमतिमा आउन मोर्चाका नेतालाई अनुरोध गरेका थिए। मोर्चाका नेताहरुसँग पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै छलफल भएको अध्यक्ष दाहालका सहयोगी खकुरेलले जानकारी दिए।
अन्नपूर्णपोष्टबाट

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्