27 C
Kathmandu
Monday, June 21, 2021

आज क्रिसमस्, आपसमा खुशी साटासाट गरेर मनाईंदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

डिसेम्बर २५, क्रिसमस डे एक आपसमा शुभकामना साटासाट गरेर नेपालसहित विश्वभरका इसाइ धर्मावलम्वीहरुले मनाउँदैछन् । क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाइने पर्व हो ।

आज देशभरिका ८ हजारभन्दा बढी चर्चमा यशुको भजन र प्रार्थना गर्ने तथा भोज खाने कार्यक्रमको आयोजना गरेर क्रिसमस मनाउने गरिन्छ । क्रिसमसका अवसरमा एकले अर्कोलाई विभिन्न उपहार दिने, शुभकामना कार्डहरु आदानप्रदान गर्नुका साथै क्रिसमस ट्रिलाई रङ्गीचङ्गी बत्ती तथा खेलौनाले झकिझकाउ पार्ने गरिन्छ ।

तत्कालीन समयमा मानिसमाथि गरिने अन्याय, अत्याचार तथा विभेदबाट मानिसलाई मुक्ति दिलाउन यशु आफैँ क्रुसमा चढेको मान्यता रहेको छ । प्रत्येक वर्ष डिसेम्बर २५ मा उनको स्मरणमा इसाई धर्मावलम्बीले उनको प्रशंसा तथा प्रार्थना गरी अङ्गुरको जुस (दासरस) पिउने र केक काट्ने परम्परा छ ।merry christmas

नेपालमा भने नेपालका इसाई धर्मावलम्बीले यशुको सम्झना गर्दै विभिन्न चर्चमा गई विभिन्न कार्यक्रम गरेर रमाइलो गर्ने र नेपाली संस्कृतिअनुसार विभिन्न रोटी, पकवान, माछा मासु, पुलाउलगायत खानेकुरा खाने गर्छन् । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएसँगै क्रिसमसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्