27 C
Kathmandu
Monday, June 21, 2021

नाइजेरियामा ग्यास प्लान्टमा विस्फोट, कम्तिमा १ सयको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

१० पुस(एजेन्सी) : नाइजेरियामा एक ग्यास प्लान्ट विस्फोट हुँदा कम्तिमा १ सय मानिसले ज्यान गुमाएका छन् । नाइजेरियाको अनाम्बरा राज्यको नेवी शहरमा उक्त घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा धेरै क्रिश्चियन समुदायका मानिसहरू रहेका थिए । उनीहरू क्रिसमसका लागि आफ्नो ग्यास सिलिण्डर भर्नका लागि उक्त प्लान्टमा पुगेको बताइएको छ । विस्फोट बिहिबार राती भएको बताइएको छ ।

nigeria-gas-blastएक प्रत्यक्षदर्शीका अनुसार प्लान्टमा पुगेको एक ट्रकमा आगो लाग्यो र त्यसको केहीबेरमा विस्फोट भएको थियो । ट्रकबाट ग्यास निकाल्ने समयमा सावधानी नअपनाउँदा विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ । सोही क्रममा उपभोक्ताको सिलिण्डरहरू पनि भरिरहेको थियो ।

त्यहाँ ग्यास भर्न आएका मानिसका साथै सोही ठाऊँबाट आफ्नो गन्तव्यतर्फ जाँदै गरेका मानिसले समेत ज्यान गुमाएको सञ्चारमाध्यमहरूमा उल्लेख छ ।

दुर्घटनामा घाइते भएकाहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्