27 C
Kathmandu
Monday, June 21, 2021

मधेस आन्दोलन चलिरहेका बेला १ सय बढी भारतीय महिलाले नागरिकता पाए

- Advertisement -
- Advertisement -spot_imgspot_img

हरि शर्मा
संविधान जारीसँगै चर्किएको मधेस आन्दोलन अवधिमा जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट १ सयबढी भारतीय महिलाहरुले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । चार महिना अघिदेखि मधेसमा जारी भएको आन्दोलनमध्ये वैवाहिक अंगिकृत नागरिकता सम्बन्धिको व्यवस्थाको विरोध पनि एक हो ।  मधेस आन्दोलनको ११ बुद्धे मध्येको माग अंगिकृत नागरिकता पनि प्रमुख हो ।
आन्दोलन अन्र्तगत नवलपरासी जिल्लाको सदरमुकामसहित दक्षिणभेग विगत चार महिनादेखि प्रभावित बन्दै आएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाका अनुसार संविधान जारी भएको असोज ३ देखि मधेस आन्दोलनको अवधिमा हालसम्म १ सय १८ जना भारतीय महिलाहरुले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् ।   वैवाहिक नागरिकता सम्बन्धि मधेसीदलहरुले गरेको प्रचार गलत भएको प्रशासनले जनाएको छ ।  नवलपरासी भारतको विहार र उत्तर प्रदेशसँग सीमाना जोडिएको जिल्ला हो । त्यसरी वैवाहिक नेपाली नागरिकता लिनेमा भारतको महाराजगञ्ज, देवरिया, सिसैनियादेखि गोरखपुर जिल्लाका भारतीय महिलाहरु बढी छन् ।

Image result for cdo office nawalparasi

640 × 424 – everestdainik.com

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्