27 C
Kathmandu
Monday, June 21, 2021

मन्त्रालय फुटाउने मन्त्रिपरेिषद्को निर्णय

- Advertisement -
- Advertisement -spot_imgspot_img

मन्त्रिपरिषद्को बैठकले मन्त्रालयहरू फुटाएर भएपनि मन्त्रिपरिषद् फुटाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्ले मन्त्रीहरू थप्नका लागि मन्त्रालय फुटाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पत्रकारहरूलाई जानकारी दिए ।तर,मन्त्रिपरिषद बैठकमा यसबारे छलफल भए पनि कुन-कुन मन्त्रालय फुटाउने भन्ने निर्णय हुन सकेन । शान्ति तथा पुन:निर्माण र सहरी विकास मन्त्रालय खाली रहेको अवस्थामा चारजना मन्त्री थपिने भएपछि केही मन्त्रालय फुटाएर भागवण्डा मिलाउने तयारी ओली सरकारले गरेको हो ।

आज सरकारले नेपाल परिवार दलका एकनाथ ढकाल, समाजवादी जनता दलका प्रेमबहादुर सिंह र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका शिबलाल थापालाई मन्त्री बनाउँदैछन् । साथै एमालेका युवा नेता रवीन्द्र अधिकारीलाई पनि मन्त्री पदको सपथ ग्रहण गराउने तयारी रहेको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले युरोपियन युनियनबाट प्राप्त हुने अनुदान सहयोग स्वीकार्ने निर्णय पनि गरेको छ । युरोपियन युनियनले पोषण सुधारका लागि प्रदान गर्न लागेको दुई अर्ब ५६ करोड ७१ लाख रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

त्यसैगरी बैठकले नेपाली सेनाका महासेनानीहरू दिलिपबहादुर विष्ट, दीपक घले गुरुङ र ताराध्वज पाण्डेको पदावधि थप्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले महिला तथा बालबालिका कार्यालयका प्रमुखहरुलाई बालकल्याण अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्