27 C
Kathmandu
Monday, June 21, 2021

१६ औं राष्टिय सरसफाई सप्ताहा नवलपरासीको मध्यविन्दु नगरपालिकाबाट शुरु

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी, ९ पुस ।
१६ औं राष्टिय सरसफाई सप्ताहा नवलपरासीको मध्यविन्दु नगरपालिकाबाट शुरु गरिएको छ । सरसफाई सप्ताहाको विहीबार स्थानीय विकास तथा संघीय मामिलाका सचिव माधवप्रसाद रेग्मीले उद्घाटन गरे ।  पूर्व पश्चिम राजमार्गको मध्यभाग मध्यविन्दुबाट सरसफाई सप्ताहा शुरु गरिएको हो । सरसफाई सप्ताहाको उद्घाटन गर्दै सचिव रेग्मीले सरसफाई मानिसको जीवनको अभिन्न पाटो भएकाले यसलाई सरसफाई सप्ताहामा मात्र ध्यान दिने र अरु बेलामा विर्सने गर्न नहुने बताए । उनले यो अभियान सरकारले मनैदेखि लागेर गरेको अभियान भएकाले स्थानीयले सक्दो सहयोग गर्नु पर्नेमा जोड दिए । सरसफाई सप्ताहाको उद्घाटन पूर्व नवलपरासी जिल्लाका अधिकांश क्षेत्रमा नगरपालिका, गाविस, उद्योग वाणिज्य संघ, महिला समूह, आमा समूह, सहकारी, खानेपानी संस्था लगायतका संस्थाहरु सरसफाई गरेका थिए । कार्यक्रममा हास्यकलाकार धुर्मस र सुन्तलीले सरसफाई सम्बन्ध सचेतनामूलक प्रस्तुति गरेका थिए । मध्यविन्दु नगरपालिका आयोजनामा भएको कार्यक्रममा नवलपरासीका स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले समेत शुभकामना मन्तव्य राखेका थिए ।  ७ नगरपालिका र ५६ गाविस रहेको नवलपरासीमा मात्रै ७ नगरपालिका र ६ गाविसमा वातावरण मैत्री कार्यक्रम लागू भएको छ।

थारु समुदायले विरोध जनाउने भएपछि राज्य मन्त्री आएनन्
१६ औं राष्टिय सरसफाई सप्ताहाको उद्घाटनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका राज्य मन्त्री कुन्ति शाही आएनन् । सप्ताहाको उद्घाटनका लागि उपप्रधान, परराष्ट तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई बोलाउने तयारी भएपनि थापा चिन भ्रमण गएका कारण राज्य मन्त्रीलाई ल्याउने अन्तिम तयारी भएको थियो ।  आन्दोलनमा रहेका थारु कल्याण कारिणीसभाले मन्त्री आउने कार्यक्रममा आफ्नो विरोध रहने जनाएपछि कार्यक्रम परिवर्तन गरिएको हो । थारुको बाहुल्यता रहेको तर थारु आन्दोलनको प्रभाव पर्न नसकेको नवलपुर क्षेत्रमा थारु कल्याणकारिणी सभाले विज्ञप्ति जारी गरेकै भरमा राज्य मन्त्री कुन्ति शाही सरसफाई सप्ताहाको उद्घाटनमा नआएका हुन् । राज्यमन्त्री नआउने भएपछि सचिव माधवप्रसाद रेग्मी कार्यक्रममा सहभागी भएका थिए ।
पछिल्लो समय मधेषी तथा थारु समुदायले मन्त्रीको कार्यक्रममा विरोध गर्ने, वहिस्कार गर्ने र कालो झण्डा देखाउने भन्दै आन्दोलनको स्वरुप बदलेको छ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्