27 C
Kathmandu
Monday, June 21, 2021

मानिसमा लाग्ने ६१ प्रतिसत रोग जनावरको माध्यम बाट लाग्ने

- Advertisement -
- Advertisement -spot_imgspot_img

मानिसमा लाग्ने  ६१ प्रतिसत रोग जनावरको माध्यम बाट लाग्ने हुदा मासुको प्रयोग र पशुको स्वास्थ्यमा विशेष ध्यान दिन पशु चिकीत्सकले सुझाव दिएका छन् । नवलपरासीको रजहरमा आयोजना गरीएको जुनेटिक रोग सम्बन्धमा पशु सेवा कार्यालय नवलपरासीले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी चिकीत्सक ले यस्तो वताएका हुन् । जिल्ला पशुसेवा कार्यालय नवलपरासीका तिकीत्सक डा. पर्शुराम फुयालका अनुसार पशु बाट मानिसमा सर्ने रोगका विषयमा पशुपालक किसान र मासु व्यवसायी लाई प्रशिक्षण दिदै मानिसको जस्तै पशुको स्याहार र स्वास्थ्यमा पनी विशेष ख्याल दिनुपर्ने वताउनुभएको हो । जिल्ला पशु सेवा कार्यालय नवलपरासीले मानिसबाट पशु र पशुबाट मानिसमा सर्ने सक्ने रोगहरुबारेमा जानकारी गराएको हो । पशुपालन र मासु उत्पादन गर्ने किसानहरुलाई रजहरमा जुनेटिक रोग सम्बन्धी अन्तरक्रियाको आयोजना गरि सचेत रहन आग्रह गरेको हो । राष्ट्रिय पशु चरनका कार्यक्रम निर्देशक बंशी शर्माले पशुबाट मानिसमा सर्ने रोगहरु माहामारीको रुपमा लिन सक्ने भन्र्दै सर्बप्रथम किसानहरु सचेत बन्नुपर्नेमा जोड दिनुभयो । मासु र दुग्ध बिशेष गरी मानिसको स्वाथ्य संग जोडिने बिषय रहेको भन्र्दै स्वच्छ बस्तुहरु उत्पादन गर्न तर्फ लाग्न आग्रह गर्नुभयो । जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु बिकास अधिकृत शंकर शाहले पशुबाट लाग्ने रोगबाट बच्न पशुलाई भ्याकसीन लगाउन आग्रह गर्दै बिभिन्न समयमा पशु पन्छीबाट लाग्ने रोग महामारीको रुपमा बिभिन्न समयमा देखा पर्ने गरेको तर्फ सचेत गराउनुभयो । पशु चिकित्सक पशुराम फुयालले पशुबाट मानिसहरुमा सर्ने रोगहरु र त्यसबाट बच्न अपनाउनुपर्ने उपायबारे जानकारी गराउनुभएको थियो । स्यनफुलु, बर्डफुलु, रेबीज, टिभि, लगाएतका रोगहरु प्रमुख रुपमा पशुबाट मानिसमा सर्न सक्ने भएको भन्र्दै त्यसको लागि किसानहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो ।  ब्यबसायीक किसान दिपक पौडेलको  अध्यक्षतामा भएको अन्तरक्रिया गोष्ठीमा, सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक, सह निर्देशक डा बिनोद पौडेल, दुम्कौली स्वाथ्य चौकीका निमित प्रमुख जयसोर भुषाल, सुरक्षा निकार्यका प्रतिनिधी, ब्यबसायीक गाई भौसी पालक किसान, मासु उत्पादन गर्ने किसान, मासु बिक्री गर्ने ब्यबसायी लगाएतको उपस्थिती रहेको थियो । अहिले बिशेष गरी पशुबाट मानिसमा सर्ने १ दर्जन रोगहरु प्रमुख चुनौतिको रुपमा नेपालमा देखा परेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्