27 C
Kathmandu
Monday, June 21, 2021

तेक्वान्दोको ग्रेडिङ्ग सम्पन्न

- Advertisement -
- Advertisement -spot_imgspot_img
प्रमोद अर्याल/बर्दघाट, ६ पुष । आइ टि एफ तेक्वान्दो नवलपरासीका खेलाडिहरुलाई ग्रेडिङ्ग गरिएको छ । बर्दघाट नगरपालिकाको जिमिरेभारमा एक कार्यक्रमका विच खेलाडिहरुको ग्रेडिङ्ग गरिएको हो । आइ टि एफ तेक्वान्दोका केन्द्रिय उपाध्यक्ष अन्जान धमला र केन्द्रिय सदस्य उमेश राजथलाको उपस्थितीमा खेलाडिहरुलाइ विभिन्न बेल्टमा ग्रेडिङ्ग गरिएको हो ।
     २३ खेलाडिले ह्वाइट बेल्टबाट यल्लो बेल्ट पाउन सफल रहे यस्तै ९–९ खेलाडि यल्लो र ग्रिन स्ट्राप पाउन सफल भए । सहभागि खेलाडि मध्येबाट ८ जनाले ब्लु बेल्ट पाए भने १ ब्लु स्ट्राप र ६ खेलाडिले ब्लु बेल्ट पाउन सफल रहे । सम्पन्न ग्रेडिङ्ग कार्यक्रमबाट २ खेलाडिले रेड स्ट्राप तथा ३ खेलाडिले रेड बेल्ट पाएका थिए ।
     सोहि कार्यक्रममा आइ टि एफ नवलपरासीको दोश्रो अधिवेशन पनि सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले रितमान कामु मगरको अध्यक्षतामा १३ सदस्यिय जिल्ला कार्य समितिको चयन समेत गरेको छ जसको उपाध्यक्षमा गोकुल शर्मा, सचिवमा सन्दिप रसाइली, र कोषाध्यक्षमा विरवल कुँवरलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा सुक बहादुर गुरुङ्ग, प्रेम बहादुर कामु मगर, रोशन आले, सुमन मगर, जमालुद्दिन मिँया, सन्तोष न्यौपाने, विष्णु पुरी र हरि थापा चयन भएका छन ।
     नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई केन्द्रिय उपाध्यक्ष अन्जान धमला, सदस्य उमेश राजथला र जिल्ला खेलकुँद विकास समिति नवलपरासीका अध्यक्ष कुमार आले लगायतले सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्