27 C
Kathmandu
Monday, June 21, 2021

माग यथाशिघ्र वार्ताबाट समाधान गर – नवलपरासी कांग्रेस

- Advertisement -
- Advertisement -spot_imgspot_img
६ पुस । मधेस आन्दोलनका जायज माग यथाशिघ्र वार्ताबाट समाधान गर्न नेपाल सरकारलाई नेपाली कांग्रेस नवलपरासीले आग्रह गरेको छ । लामो समयको आन्दोलनको कारण मुलुकको जनजिवन अत्यन्त कष्टपुर्ण बनिरहेको अवस्थामा मधेस आन्दोनललाई सरकारले गम्भिर रुपमा नलिएको नवलपरासी कांग्रेसले ठहर गरेको छ ।  नेपाली कांग्रेस जिल्ला कार्य समिति नवलपरासीको आईतबार सम्पन्न बैठकले यस्तो आग्रह गरेको बैठक पछि जारी प्रेस विज्ञप्तीमा जनाईएको छ । वार्ताबाट जायज माग सम्बोधन गर्न नेपाल सरकारलाई र आन्दोलनलाई मर्यादित बनाउन आन्दोलनरत पक्षलाई पनि कांग्रेसले आग्रह गरेको छ । बैठक जिल्ला सभापति देवेन्द्रराज कण्डेलको अध्यक्षतामा परासीमा सम्पन्न भएको हो ।  जिल्ला सचिव विष्णु लामिछानेका अनुसार बैठकले अन्य विभिन्न निर्णय पनि गरेको छ । पार्टीको नवलपरासी जिल्लाको क्रियाशिल सदस्यता आवेदन फर्म भर्ने क्रममा केहि प्रक्रिया नपुगेको र ति फर्मलाई प्रक्रिया पुरा गरि ल्याउन भनि पठाईए पनि क्षेत्रहरुबाट नआएको र सो सम्बन्धमा केन्द्रमा लिखित उजुरी परेको हुँदा उजुरीको आधारमा सवैले क्रियाशिल सदस्यता प्राप्त गर्ने वातावरण बनाउन केन्द्र सँग अनुरोध गर्ने निर्णय भएको बताईएको छ ।
यसैगरी नेपाली कांग्रेसको विद्यान संसोधनका लागि जिल्ला स्तरमा विद्यान संसोधन गर्ने प्रस्ताव तयार गर्न जिल्ला सदस्य हेमराज कोईरालाको संयोजकत्व र जिल्ला सदस्य द्धय धुव्रराज नन्द र नसरुल्लाह अन्सारी सदस्य रहेको उपसमिति पनि गठन गरिएको जिल्ला सचिव लामिछानेले बताउनुभयो । यसैगरी कांग्रेस नवलपरासीको बैठकले महिला संघकी सभापति कमला तिवारीकी छोरी कृत्ति तिवारी सहित पार्टीका विभिन्न तह र तप्ताकामा रही काम गरेका हुमनाथ कण्डेल, नारायण अर्चाय, लालकाजी गुरुङको निधन प्रति शोक प्रस्ताव पारित गरिएको नेपाली कांग्रेस नवलपरासीले जनाएको छ ।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्