27 C
Kathmandu
Monday, June 21, 2021

तमसुक बनाएर बालिकामाथि यौनशोषण

- Advertisement -
- Advertisement -spot_imgspot_img

child rapeलिखित तमसुक बनाएर बालिकामाथि यौनशोषण गर्ने बझाङको चौधरी गाविसका धनबहादुर बिष्ट प्रहरीको फन्दामा परेका छन् । १४ वर्षीया बालिकासँग सधै लिखित सम्झौता गरेर बिष्टले यौन शोषण गर्ने गरेको पाइएको छ । सामान्य गरिब परिवारकी बालिकालाई नियमित पैसा दिने र लुगाकपडा दिने प्रलोभन देखाई बिष्टले विगत ३-४ वर्षदेखी यौनशोषण गर्दै आएको खुलेको छ ।

बिष्टले मंलगबार राति बालिकालाई खेतमा बोलाएर बलात्कार गरेको घटना सार्वजनिक भएपछि उनीहरूबीचको सम्बन्ध बाहिर आएको हो । आफन्तहरूले बालिकासँग घटनाको बारे सोध्दा बिष्टले प्रलोभनमा पारेर यौनशोषण गरेको निष्कर्षसहित प्रहरीमा उजुरी गरेका थिए ।

प्रहरीले हाल भैरवनाथ गाविसको सडीखोलामा पसल गर्दै आएका बिष्टलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ । ‘बयान गर्दा पैसाको लेनदेन भएको देखीन्छ ।’, प्रहरी निरीक्षक देवेन्द्रबहादुर मल्लले भने, ‘बालिकालाई प्रलोभनमा पारी यौन शोषण गरेको पाइएपछि बिष्टमाथि जबरजस्ति करणीको मुद्धा दर्ता गरेका छौँ ।’ बालिका पढ्ने भैरवनाथ उच्चमावि झोता र बिष्टले पसल गर्ने स्थान सण्डीखोलानजिकै रहेको छ ।

बिष्टले भने बालिका र आफ्नो केही समय अगाडि देखी नै प्रेम सम्बन्ध रहेको बताएका छन् । यौन सम्बन्ध राखेबापत आफूले चार लाख रूपैयाँ दिइसकेको बताउने बिष्टले बालिकाको नाममा तमसुकसमेत बनाएका छन् । बिष्टसँग भेटिएको तमसुकमा २०७१ असोजदेखी आफ्नो सुमधुर प्रेम रहेको र यसबीचमा बिष्टबाट बालिकाले पालनपोषण खर्चबापत चार लाख लिइसकेको व्यहोरा उल्लेख गरिएको छ ।

आगामी दिनमा पनि महिनाबारी तलब स्वरूप मासि दश हजारका दरले बिष्टबाट लिने र विवाह नगरुन्जेल उनलाई मनोरञ्जन गराउने कुरा तमसुकमा उल्लेख गरिएको भेटिएको छ । यसमा बालिकाको बूढी औलाको छाप लगाइएको छ ।

कागजमा कुनै पनि इष्टमित्रका केटाहरूसँग उठबस् नगर्ने र साँझ सधै आफ्नै घरमा सुत्ने, बाहिर सुत्नुपर्ने अवस्था आएमा भाउजूको घरमा मात्र सुत्ने पनि लेखिएको छ ।

बालिका र बिष्ट दुवैको हस्ताक्षर रहेको उक्त तमसुकमा गाउँनजिकै रहेको गडमेल्ली मसान देवतालाई साक्षी राखी दुवैले कसम खाएको उल्लेख छ ।

नेपाली कागजमा लेखिएको तमसुकमा बिष्टलाई धोका दिएमा कारबाही सहनेसमेत उल्लेख छ । बालिकाका बाबुले आफू भारतमा मजदुरी गर्न एको बेला छोरीलाई विभिन् प्रलोभनमा पारी यस्तो गरेको बताए । बिष्ट हुलाक कार्यालयका सेवानिवृत्त हुलाकी हुन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्