27 C
Kathmandu
Monday, June 21, 2021

न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको टेष्ट सिरिज जित्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

Kane williamson

६ पुस, । हमिल्टन टेष्टमा ५ विकेटको जित हात पार्दै न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको टेष्ट सिरिज २-० ले जितेको छ ।

टेष्टको चौथो दिन न्यूजिल्याण्डलाई जितका लागि मात्र ४७ रन आवश्यक थियो । केन विलियम्सन १०८ रनमा अविजित रहादै टीमलाई जित दिलाए ।

दोस्रो पारीमा न्यूजिल्याण्डले एक समय ११ रन जोड्दा २ विकेट गुमाएको थियो । तर श्रीलंकाले दिएको १८९ रनको लक्ष्य ५ विकेटको क्षतिमा भेट्टायो ।

विलियम्सनको वर्षको पाँचौ टेष्ट शतक बनाए, जुन न्यूजिल्याण्डका लागि रेकर्ड हो । साथै उनी एक क्यालेन्डर वर्षमा सर्वाधिक रन बनाउने न्यूजिल्याण्डका क्रिकेटर समेत बनाएका छन् ।

उनले न्यूजिल्याण्डका तर्फबाट ४६ टेष्ट खेलेका छन्, जसमा १३ शतक छ । यो सिरिजमा भने उनले २६८ रन बनाए ।

पहिलो पारीमा २९२ रन बनाएको श्रीलंका दोस्रो पारीमा १३३ रनमा अल आउट भएको थियो । न्यूजिल्याण्डले भने २३७ रन बनाएका थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्