27 C
Kathmandu
Monday, June 21, 2021

चीनले केरूङसम्म इन्धन ल्याइदिने

- Advertisement -
- Advertisement -spot_imgspot_img

६ पुस : नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्न तयार रहेको चीनले दुई देशबीचको नाका केरुङसम्म ढुवानी गर्ने प्रस्ताव गरेको छ। नेपालबाट चीन गएको उच्च सरकारी अधिकारी सम्मिलित टोलीसँग पेट्रो चाइनाको छिङ्गाईस्थित गोरमुट रिफाइनरीका अधिकारीले केरुङ नाकासम्म पेट्रोलियम पदार्थ ढुवानी गरिदिने प्रस्ताव गरेका हुन्।

‘छिङ्गाई प्रान्तमा रहेको रिफाइनरीबाट केरुङसम्मको दुरी १ हजार ८ सय ५० किलोमिटर छ,’ पेट्रो चाइनासँग छलफल गरेर फर्केका वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिव त्रिपाठीले भने, ‘जति लामो दुरी भए पनि चीनले केरुङसम्म पेट्रोलियम पदार्थ ल्याउने प्रस्ताव गरेको हो।’

नेपालमा पेट्रोलियम बोक्ने गाडी चिनियाँ वातावरण अनुकूल नभएकाले केरुङसम्म चीनले नै ढुवानी गरिदिने प्रस्ताव गरेको हो। ‘नेपालमा गुड्ने गाडी छिङ्गाईसम्म आउन सक्दैनन्,’ चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै त्रिपाठीले भने, ‘केरुङसम्मको ढुवानी खर्च नेपालले दिने र चीनले त्यहाँसम्म इन्धन आपूर्ति गर्ने व्यवस्था मिलाउँछ।’

छिङ्गाईस्थित गोरमुट रिफाइनरीका उच्च अधिकारी, कमर्स डिपार्टमेन्टका नायब महानिर्देशकसहितको टोलीले केरुङसँग ढुवानीको प्रस्ताव गरेको हो। वाणिज्य मन्त्रालयका अधिकारीका अनुसार चीनको ल्हासादेखि खासासम्म ७ सय ५० किलोमिटर दुरी पर्छ। त्यसको तुलनामा छिङ्गाईको गोरमुट रिफाइनरी दोब्बरभन्दा टाढा छ।

तर, चिनियाँ अधिकारीले ल्हासाबाट जुन मूल्यमा पेट्रोलियम पदार्थ बिक्री हुन्छ, त्यही मूल्यका गोरमुट रिफाइनरीबाट पनि उपलब्ध हुने प्रतिबद्धता जनाएको त्रिपाठीले बताए। ‘चीनको छिङ्गाई र ल्हासा दुवै ठाउँबाट पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ,’ सम्भाव्यता अध्ययन सकेर फर्केका त्रिपाठीले भने, ‘जुन ठाउँबाट ल्याउँदा फाइदा हुन्छ, त्यहीँबाट नेपाल भित्र्याउनुपर्छ।’

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्