27 C
Kathmandu
Monday, June 21, 2021

आन्दोलन घोषणा, अब वार्ता मधेसमा मात्र

- Advertisement -
- Advertisement -spot_imgspot_img

३ पुस

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ११ दिने चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । साथै अबका वार्ता मधेसमा मात्रै हुने जनाएको छ । राजधानीमा दुई दिनसम्म चलेको मधेसी मोर्चाको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पुस ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रमबारे जानकारी दिइएको छ । दुईदिनसम्म बसेको बैठकले संविधान संशोधन विधेयक जलाउने, मसाल जुलुस गर्ने, जिल्लामा सभाहरू गर्ने, लाठी जुलुस गर्ने लगायत मन्त्रीदेखि सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउनेसम्मका कार्यक्रमहरू तय गरेको सम्मेलनमा जानकारी दिइएको छ । मधेसमा हुने सरकारी तहका सबै गतिविधि र कार्यक्रममा रोक लगाउने पनि मोर्चाको आन्दोलन रहेको छ । पत्रकार सम्मेलनमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले अहिलेसम्म १५ चरणका वार्तामा सरकार गम्भीर नभएको आरोप लगाए । उनले मोर्चा लचकताका साथ वार्तामा बसेपनि सरकार गम्भिर नभएकोmorcha-press-meet भन्दै अबका वार्ता राजधानीमा नहुने बताएका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्