27 C
Kathmandu
Monday, June 21, 2021

साना किसान समक्ष सरकारी योजना जान नसकेको गुनासो

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुष ३ ÷ व्यवसायिकरुपमा पशु पालन गर्ने किसानको सङख्यामा वृद्धी भएपनी साना किसान समक्ष सरकारी योजना जान नसकेको पशुपालक किसानले गुनासो गरेका छन् ।  पशु सेवा केन्द्र ख अग्यौलिको आयोजना गरेको योजना तर्जुमा गोष्ठीमा बोल्दै किसानले यस्तो गुनासो गरेका हुन् । सोही कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय नवलपरासीका प्रमुख शंकर शाहले किसानको यही गुनासो सम्बोधन गर्न गाउंस्तरमा नै योजना तर्जुमा गोष्ठि आयोजना गरेर आफु स्वयमं सहभागी भएको वताउनुभयो । सामुदायिक पुस्तकालय अग्यौलीका अध्यक्ष सुर्य प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशु सेवा केन्द्र ख अग्योलीका प्रमुख बद्धी पौडेलले सञ्चालित योजना र कामका वारेमा प्रकास पार्नुभएको थियो । कार्यक्रममा सहभागीले किसानले अनुभुती गर्न सक्ने कार्यक्रम अगाडी वढाउन र त्यसै अनुरुपको योजना तर्जुमा गर्न सुझाव दिएका थिए ।पशु पालनमा बिशेष गरी उम्मेर काटेका बृद्धाहरु सरिक बनेपनि उम्मेरको हतबन्दीको कारण राज्यबाट पाउने सुबिधा समेत पाउन नसकेको उनीहरुको भनाई छ । जसको कारण पछिल्लो समय किसानहरु पशुपालनबाट पलायन हुनुपर्ने अबस्था आएको छ । अग्यौली सामुदायिक पुस्तकालयका अध्यक्ष सुर्य प्रसाद पाण्डेको अध्यक्षतामा भएको गोष्ठीमा आगामी बर्ष संचालन गर्ने कार्यक्रमहरुबारे योजना समेत निमार्ण गरिएको छ । गोष्ठीमा पशुपालक किसान, दुग्ध सहकारीका प्रतिनिधी, सामुदायिक बनका प्रतिनिधी, गाबिस अध्यक्ष, पत्रकार लगाएतको उपस्थी रहेको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

26 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्