24.1 C
Kathmandu
Tuesday, April 16, 2024
Flowers in Chania

‘झोला’को पाइरेसी, विश्वास गरेकैबाट धोका पाए निर्देशकले (फिल्म सहित)

- Advertisement -Flowers in Chania
jhola
‘झोला’को पाइरेसी, विश्वास गरेकैबाट धोका पाए निर्देशकले (फिल्म सहित)

चलचित्र ‘झोला’ यूटुबमा छ्याप छ्याप्ती भएपछि तनावमा रहेका निर्देशक यादब भट्टराईले पाँच करोड क्षतिपूर्ति दाबी गर्दै प्रहरीमा उजुरी दर्ता गरेका छन् ।

चलचित्रको प्राविधिक काम गरेको स्थान ‘माउन्टेन रिभर’वाट चलचित्र यूटुवमा राखिएको अनुमान प्रहरीले गरेको छ । प्रहरीले माउन्टेन रिभरमा भएका कम्प्युटर लगायत अन्य उपकरण जफत गरेर सञ्चालकको खोजीमा जुटेको छ ।

‘मैले जसलाई विश्वास गरें, उसैले धोका दियो ।’  निर्देशक भट्टराइले भने । विदेशका केही महोत्सवमा सहभागी भएको ‘झोला’ विदेशमा विक्रीका विषयमा केही वितरकसँग उनी कुरा गर्दै थिए । त्यसो त फागुनमा काठमाडौमा चलचित्र रिजिलको योजना पनि बनाएका थिए ।

युटुवमा आएपछि ब्यापार चौपट भएको धारणा राख्ने भट्टराईले अब नेपाली हलमा प्रदर्शन गर्ने सम्भावना टरेको बताउँदै भने-‘विदेशमा पनि विक्री गर्न गार्‍हो छ ।’

विदेशका केही वितरकले चलचित्र किन्ने कुरा गरिरहँदा यूटुबमा आएपछि आफु आर्थिक मारमा परेको उनको भनाई छ ।

कृष्ण धरावासीको कथा झोलामा आधारित चलचित्र एकसय वर्ष अघिको सतीप्रथामा आधारित छ । गरिमा पन्तको मुख्य भुमिका रहेको यस चलचित्र नेपालको तर्फवाट ओस्कार अवार्डमा छनौट भएको थियो ।

‘झोला’को पाइरेसी, विश्वास गरेकैबाट धोका पाए निर्देशकले (फिल्म सहित)

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

20 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्