27 C
Kathmandu
Monday, June 21, 2021

‘मधेसी मोर्चाको माग पुरा भइसक्यो’

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली काँग्रेसका उपसभापती रामचन्द्र पौडेलले आन्दोलनरत मधेसी मोर्चाको माग पुरा भइसकेको दाबी गरेका छन्। विहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले मोर्चाका सबै माग पुरा भइसकेको दाबी गरेका हुन्। माग पुरा भइसके पनि मोर्चाले आन्दोलन गरिरहँदा समस्या भएको पौडेलको भनाइ छ। ‘माग पुरा भइसकेको छ,’ पौडेलले भने, ‘उहाँहरू आन्दोलन छाड्नु हुन्न के गर्ने?’ पौडेलले आन्दोलनका नाममा मोर्चा असहिष्णु बन्दै गएको दाबी गरे। ‘बुधबार जनकपुरमा भएको घटनाले मोर्चा धार्मिक रुपमा पनि असहिष्णु बन्दै गएको छ,’ पौडेलले भने, ‘असहिष्णुता र विद्वेष भड्काएर मुलुक र जनताको हित हुँदैन।’ मोर्चाले आन्दोलन छाडेर वार्ताबाटै समस्याको समाधान गर्नु उचित हुने पौडेलको सुझाव छ । उपर्युक्तताको आधारमा छलफल गरेर मोर्चाको असन्तुष्टी मिलाउन सकिने भन्दै उनले सीमाङकन मिलाउने नाममा अर्को आन्दोलन हुने अवस्था सिर्जना गर्न नहुने बताए। उनले सहमतिकै आधारमा आगामी अधिवेशनमा सभापतिको उमेद्वारी दिने पनि बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

22 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्