27 C
Kathmandu
Monday, June 21, 2021

हात्तीको आक्रमणबाट एकको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

२ पुस

गयराती झापाको मेचीनगर-४ मा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । मेचीनगर-४ का ६८ वर्षीय डम्बरबहादुर कुँवरको हात्ती आक्रमणबाट मृत्यु भएको हो । घरको छेउमा हात्ती आएको थाहा पाएपछि बाहिर निस्किएर खेदाउने क्रममा हात्तीले किचेर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । यसैबीच झापाको बाहुनडागी, बहुबन, पलेधाप, धरधरे, तेलपानी, हिन्दुगड, शान्तिनगर लगायत विभिन्न ठाउँहरूका साथै इलामको इरौटरमा पनि जङगली हात्तीले विगत ६/७ दिनदेखि गाउँमा प्रवेश गरेर स्थानीय बासिन्दालाई दु:ख दिन थालेको छ । गाउँ प्रवेश गरेका ७/८ हात्तीले थन्क्याउन लागेको बाली समेत नष्ट पारिदिएका छन् । सरकारी पक्षले वेवास्ता गरेको भन्दै स्थानियबासी सरकारसँग आक्रोसित बनेका छन् । हात्ती नियन्त्रणका लागि स्थानीय प्रशासनले चासो नदेखाएको स्थानीयको गुनासो छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

32 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्