27 C
Kathmandu
Monday, June 21, 2021

नाकावन्धि विरुद्ध साहित्यिक आन्दोलन

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुष १

नवलपुर क्षेत्रका साहित्यकार तथा कलाकारहरुले नाकावन्धि र मुलुकको पछील्लो अवस्था वारे बुधवार कावासोतीमा साहित्यिक आन्दोलन गरेका छन् । भारतले गरेको नाकावन्धिले जनजिवनमा पारेको प्रभाव र यस्का कारण वारे गित , कविता , गजल , नाटक मार्फत नेता र भारतिय ज्यादतीको विारेध गरेका थिए । कहीले पञ्चायत , कहीले प्रजातन्त्र र कहीले जनयुद्ध त कहीले मधेश आन्दोलन , धार्मीक आन्दोलनको नाममा जनताको रगत वगाएको भन्दै नेता लाई सच्चिएर नेपाल आमाको आशुँ पुस्न सष्ट्राहरुले आग्रह गरेका थिए । सो अवसरमा जिवन सापकोटा , दिपकराज भट्टराई , दिपक सोती , भुपेन्द्र शर्मा , विमल दिवस लगाएतकाले रचना वाचन तथा जिवन सापकोटा द्धारा लिखीत तथा खगराज सापकोटाको निर्देशन रहेको सडक नाटक प्रदर्शन गरीएको थियो । रित्तो सिलिण्डरमा राजनितिक दलका नेता लाई राखेर उनिहरुले गरेको गल्तिका विषयमा नेपाल आमाको सामु माफी मगाईएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्