27 C
Kathmandu
Monday, June 21, 2021

सुनवलमा ७१ फिट अग्लो श्रीकृष्णको मुर्ती निमार्ण कार्य सुरु

- Advertisement -
- Advertisement -spot_imgspot_img
 नवलपराशीको सुनवलमा करिब ७१ फिट अग्लो भगवान श्रीकृष्णको मुर्ती निमार्ण कार्य सुरु भएको छ । हिंन्दुका बिभिन्न भगवानका विशाल मुर्तीहरु देश बिदेश विभिन्न ठाउँमा भएता पनि भगवान श्रीकृष्णको ७१ फिट अग्लो विशाल मुर्ती बिश्वमा पहिलो भएको निर्माताहरुको दाबी छ । पूर्व पश्चिम लोकमार्गको सुनवल देखि करिब १५०० मिटर पश्चिम रमावापुरमा निर्माण हुदै गरेको सो मुर्ती लोकमार्गमा यात्रा गर्ने यात्रुहरुले समेत सहज रुपमा पुजा आजा एवम दर्शन गर्न सक्नेछन ।
मुर्ती निमार्ण स्थलमा पहिले देखि नै भगवान शिव , गणेश , नवदुर्गा बिश्वकर्मा बाबाको मुर्ती र मन्दिर रहेता पनि भगवान श्रीकृष्णको मन्दिर एवम मुर्ती नभएका कारण उक्त पवित्र धार्मिक स्थलमा श्रीकृष्णको बिशाल मुर्ती निर्माण गर्न लागे

सु्नवलमा बिश्वकै ठुलो श्रीकृष्ण मुर्ती निमार्ण हुँदै

को निर्माण समितीका संयोजक देवी घिमिरेले बताउनु भएको छ । संयोजक घिमिरेका अनुसार सुनवलमा भएको महायज्ञबाट संङ्कलित रकम र स्थानिय ब्यापारीहरुको चन्दा दान गरी करिब ५० लाखको लागतमा मुर्ती निमार्ण हुन लागेको हो । पचास प्रतिशत मुर्ती निमार्ण कार्य सकिएको मुर्ती निमार्णमा संङ्लग्न भारतिय मुर्तीकार गणेश माझीले जानकारी दिएका छन । रजहरमा रहेको चौधरी उद्योग परिसरमा रहेको अत्याधुनिक मन्दिर र मुर्ती पनि उनले नै बनाएका थिए ।

पवित्र तिर्थ स्थलमा आउने भक्तजनहरुको सुविधाका लागि धर्मशाला र स्नानस्थल निर्माण गर्ने योजना रहेको र सोही अनुसार कार्य भइरहेको संयोजक घिमिरेले भनाई छ । ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र बाकी रहेको ५० प्रतिशत निर्माण गर्न करिब २० लाख लागत लाग्ने भएका कारण देश बिदेशमा रहनुहुने धर्म अनुरागी महानुभावहरुमा सहयोगका लागि बिशाल श्रीकृष्ण मुर्ती निर्माण समितीले अनुरोध गरेको छ ।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

31 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्