27 C
Kathmandu
Monday, June 21, 2021

प्रहरीको मिलमतोमा नवलपरासीमा नदीजन्य पदार्थको चोरी निकासी रोकिएन÷ ठेक्का नलाग्दा समस्या भएको जिविसको भनाई

- Advertisement -
- Advertisement -spot_imgspot_img

हरि शर्मा परासी

२९ नवलपरासीका जिल्लाका विभिन्न खोलाहरुबाट नदीजन्य पदार्थको चोरी निकासी कार्य रोकिएको छैन । लामो समयसम्म खोलाहरुमा ठेक्का नलाग्दा ढुंगा, बालुवाको चोरी निकासी बढेको हो । स्थानीयवासीहरुले पटकपटक नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराएपनि वास्ता नगरेको गुनासो गरेका छन् । सम्बन्धित प्रहरी कार्यालयमा सो बारे जानकारी गराउँदासमेत प्रहरीकै अगाडीबाट चोरी निकासी बढेको  स्थानीयको भनाई छ । पछिल्लो पटक सुनवलको तुरियाखोलबाट प्रहरीको मिलमतोमा सबैभन्दा बढी चोरी निकासी हुने गरेको छ । त्यस्तै भुमही, बडेरालगायतका खोलाहरुबाट चोरी निकासी बढ्दै गएको छ ।  स्थानीयवासीका अनुसार सुनवल खोलाबाट मात्र रातको समयमा २० देखि ३५ ट्याक्टर नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको छ । तुरियाखोलाको माथिल्लो भागमा रहेको लुम्बिनी विल्डर्स क्रसर उद्योगको बाटोहुँदै चोरी निकासी हुने गरेको छ । त्यसरी ल्याhttp://rautahatnews.com/eximages/1dhunga.jpgईका केही नदी जन्य पदार्थ क्रसर उद्योग नजिक संकलन गरेर राख्ने गरिएको छ ।   जिविस योजना अधिकृत प्रकाश पन्थीका अनुसार जिल्लाका खोलाहरुबाट चोरी निकासी बढेको जानकारी आएको छ । चोरी निकासी सबैभन्दा बढी सुनवलबाट हुने गरेको गुनासा आएको र त्यस बारे प्रहरीलाई जानकारी गराएको पन्थीले बताउनुभयो । जिल्लाका अधिकांश खोलाहरु चुरेक्षेत्रमा पर्ने भएका कारण यसवर्ष ठेक्का लगाउन समस्या भएको जिविसले जनाएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका नगरपालिकासहित २९ गाविसका खोलाहरु चुरे क्षेत्रमा परेको देखाइएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

27 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्