27 C
Kathmandu
Monday, June 21, 2021

आन्दोलन अवधिभर परासी क्षेत्रमा २ अर्ब नोक्सानी ÷नपढाएका दिनको शुल्क नलिन मोर्चाको माग

- Advertisement -
- Advertisement -spot_imgspot_img

हरि शर्मा  परासी

चार महिनादेखि भएको मधेस आन्दोलनका क्रममा नवलरासीको सदरमुकाम परासी क्षेत्रमा साढे दुई अर्व बराबरको नोक्सानी भएको छ ।
सीमांकन पछि केहि दिन जिल्लाको राजमार्गसहित नवलपुर क्षेत्र बन्द रहेपनि परासी क्षेत्र भने लगातार बन्द नै रह्यो । जसका कारण उद्योग व्यवसायहरुले उक्त नोक्सानी व्यहोनु परेको हो । साउन २५ देखि अखण्ड संघर्ष समितिकोे नाउँबाट बन्द आव्हान गरियो भने २७ गतेदेखि मधेस केन्द्रित दल र थरुहटले बन्द आव्हान गरेका कारण परासी क्षेत्र ठप्प थियो ।   उद्योग वाणिज्य संघ परासीका वरिष्ठ उपाध्यक्ष नरेन्द्र गुप्ताका अनुसार चार महिना बन्दहुँदा परासी क्षेत्रमा २ अर्ब ४० करोड व्यापार घाटा भएको छ । ‘परासी क्षेत्रमा प्रतिदिन २ करोडको कारोबारहुँदै आएको छ ।    जिल्लामा ५ ठूला उद्योग, १८ मझ्यौला, १ हजार ५ सय बढी घरेलु तथा साना उद्योग र पसल व्यवसाय १७ हजार गरी कुल १८ हजार ५ सय २३ व्यवसाय छन् ।   जसमध्ये  परासी क्षेत्रमा साना ठूला गरी ९ सय बढी उद्योग र पसल व्यवसाय     रहेको उद्योग वाणिज्य संघले जनाएको छ ।  त्यसैगरी बन्द अवधिभर सवारीसाधन नचल्दा परासी क्षेत्रका यातायात व्यवसायीहरुले साढे दुई करोड नोक्सानी भएको बताएका छन् । मध्य नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष क्रषिराम पौडेलका अनुसार समितिसँग आवद्ध २ सयबढी सवारीसाधन चल्न नसक्दा प्रतिदिन २ लाख नोक्सानी भएको छ ।     संयुक्त मधेसी मोर्चाको बन्दका कारण अस्तव्यस्त बन्दै आएको जनजीवन पछिल्लो पटक विहिवारदेखि यातायात चल्न दिएपछि   सामान्यतर्फ फर्केको हो ।  index

बन्द अवधिको शुल्क नलिन माग

यसैबीच संयुक्त मधेसी मोर्चा नवलपरासीले मधेस आन्दोलनमा बन्द भएका निजी विद्यालयहरुलाई शुल्क नलिन माग गरेको छ ।
मोर्चाको आज मंगलवार परासीमा सम्पन्न बैठकले चार महिनासम्मको बन्दले सबै क्षेत्र प्रभावित बनेको र त्यसबाट अभिभावहरुसमेत आर्थिक रुपमा कमजोर भएको भन्दै पठनपाठन नभएको समयको शुल्क नलिन विद्यालयहरुसँग माग गरेको मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले बताउनुभयो । बन्दका कारण करिब तीन महिना जति विद्यालयको पठनपाठन बन्द भएकोहुँदा सो अवधिको कुनै पनि शुल्क नलिन विद्यालयहरुसँग माग गरेको हो । त्यस्तै बैठकले सरकारले आफ्ना मागहरुलाई सम्बोधन गर्नतर्फ कुनै वास्ता नगरेको भन्दै विगत केही दिनदेखि खुकुलो बनाएको सदरमुकाम परासी पुनः बन्द गर्ने चेतावनीसमेत दिइएको छ । संयोजक गिरीका अनुसार माग पूरा गराउनका लागि दबाब दिन ५ गते परासीमा विरोध सभाको आयोजना गरिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्