27 C
Kathmandu
Monday, June 21, 2021

घाँसको बिउं उत्पादनमा नवलपरासी अव्बल

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसीर २९ , कावासोती
नवलरासी जिल्लाका किसानले केहि बर्षको अन्तरालमा नै घासको बिउं उत्पादनमा राम्रो प्रगति गरेका छन् । घास उत्पादन किसानहरु संग कावासोतीमा आयोजना गरिएको अन्तरक्रिया गोष्ठी कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख शंकर शाहले केहि बर्ष बार्षिक २ क्विन्ट उत्पादन गर्ने जिल्ला यस बर्ष भने बार्षिक २ सय क्विन्टल घासको बिउ उत्पादन गर्ने गरेको बताउनुभयो ।  घास पशुपालनको मुख्य पुजी रहेको भन्र्दै अझै पनि जिल्लामा ४० प्रतिसत घासको बिउंको अभाब रहेको जानकारी दिनुभयो ।  जिल्ला भरका पशुपालनमा र घास बिकासमा आबद्ध रहेका किसानहरुले गोष्ठी कार्यक्रममा सकारले सहयोग गरेमा नवलपरासीबाट बार्षिक लाखौको घासको बिउं र घास उत्पादन गर्न सक्ने बताएका छन् । अहिले पनि जिल्लामा घास र बिhttps://im2-tub-ru.yandex.net/i?id=437b839131586005d472f793fdbc8200&n=33&h=190&w=254उंको माग बढ्दो अबस्थामा रहेको भन्र्दै घास उत्पादक किसानहरुले केहि बर्ष भित्रमै घासमा नवलपरासी आत्मनिर्भर बन्ने बताएका छन् । कृर्षि तथा पशु बिज्ञान बिश्व बिद्यालय चितवनका घास अनुसन्धान अधिकृत नवराज देबकोटाले घासको बिकासको लागि किसानहरुले ध्यान दिनुपर्ने कुराहरु र घासबाट किसानहरुले कसरी राहत पाउन सक्ने भन्ने बारे प्रकास पार्नुभएको थियो । यस बर्ष राष्ट्रिय पुरस्कार बाट सम्मानित किसान गोपाल प्रसाद दुलालले घास बिकासबाट आफु सम्मनित हुन पाएको प्रति खुसी ब्यक्त गर्दै पशु पालन र घास बिकासबाट जिल्लाले राम्रो प्रगति गर्न सक्ने बताउनुभयो । गोष्ठीमा जिल्लाका करीब ४० जना पशुपालन कृषक, घास नर्सरीका संचालक, पशु सेवा कार्यालय अन्तगतका सेवा केन्द्रका प्रमुख, पत्रकार लगाएको उपस्थिती रहेको थियो । हरियो घास बाह्रै मास दुग्ध तथा मासु उत्पादन एकै नास भन्ने नारा सहित कार्यक्रमको आयोजना गरिएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

26 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्