27 C
Kathmandu
Monday, June 21, 2021

नवलपरासीको पहाडी गाविसका ९० प्रतिसत युवा वैदेशीक रोजगारीमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसीर २८
नविन पौडेल
नवलपरासीको पहाडी गाविसका ९० प्रतिसत युवा वैदेशीक रोजगारी गएको तथ्य सार्वजनिक भएको छ । नरम गाविसमा रहेको ४ सय ५० घरधुरी मध्ये १ सय २० भन्दा वढी घरका युवा रोजगारीका लागि विदेश गएका छन् । आप्रवासन दिवसका अवसरमा हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ र सामी परियोजनाले आयोजना गरेको कार्यक्रममा  यस्तो तथ्य सार्वजनिक गरेको हो । साथै वैदेशीक रोजगारीमा जानेले आवश्यक कागजपत्र पुरा नगरेको र  त्यस क्षेत्रमा सामीले जनचेतनामुलक कार्यक्रम गरीरहेको हिकोडेफका कार्यकारी निर्देशक सुरविर स्थापितले जानकारी दिनुभयो ।P1080354 सो अवसरमा परियोजनाले पछील्लो समय १ हजार ८ सय ८५ जनालाई परामर्श दिएको , पासपोर्ट फसेका र विदेशमा मृत्यु भएका कामदारका परिवार लाई क्षतिपुर्ति दिलाउन पहल गरेको जानकारी गराईएको थियो । पछील्लो समय सरकारले अवलम्वन गरेको शुन्य  लागत वाट झन सर्वसाधारण ठगीएको भन्दै १ लाख ५० हजार तिरेर पनी १० हजारको विल भौचर वनाउदा कामदार गठीए पनी कानुनी आधार सकीने भन्दै यस्को प्रभावकारी कार्यान्वयनमा जोड दिन र जनचेतना फैलाउन आवश्यक रहेको सो अवसरमा जानकारी गराईएको थियो । परियोजनाले आप्रवासन दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाउदैछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्