27 C
Kathmandu
Monday, June 21, 2021

ग्यास वितरण प्रणालीलाइ सहज बनाउन सर्वपक्षीय सयत्र बनाउने

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपुर क्षेत्रको ग्यास वितरण प्रणालीलाइ सहज बनाउन सर्वपक्षीय सयत्र बनाएर अगाडी बढन सरोकारवाला पक्ष सहमत भएका छन । नवलपुर एफ एम द्धारा आयोजीत देशको चरम इन्धन अभाव नवलपुर क्षेत्रमा वितरण प्रणालिमा जटिलता र समाधानको उपाय विषयक  सर्वपक्षिय छलफल तथा बहस कार्यक्रममा बोल्दै इलाका पं्रशासन कार्यालय कावासोतिका प्रमुख, इलाका प्रहरी कार्यालय कावासोतिका प्रमुख, ग्यास विक्रेता, विद्यार्थी सगठन तथा उपभोतmको उपस्थीतिमा आयोजित सर्वपक्षिय भेलामा तत्काल ग्यास वितरण प्रणालिलाइ सहज बनाउने प्रतिवद्धता जनाएका हुन ।
नवलपुर क्षेत्रमा ग्यास वितरण गर्दा सार्वजनिक स्थलबाट वितरण गर्ने र त्यसबाट केही सिमित व्यतmी तथा वितरण स्थल नजिकका एकै घरकाले धेरै ग्यास लैजाने गरेको गुनासो आएपछि नवलपुर एफएमले समस्या समाधानको रपमा आयोजना गरेको सर्वपक्षीय भेला सम्पन्न गरेको हो ।
देशको चरम इन्धन अभाव नवलपुर क्षेत्रमा वितरण प्रणालिमा जटिलता र समाधानको उपाय विषयक आज सर्वपक्षिय छलफल तथा बहस कार्यक्रम सदभाव एजुकेशनको सभाहलमा सम्पन्न भएको सर्व पक्षिय छलफलमा ग्यास बितरणको बिषयमा प्रसासन, सुरक्षा निकाय, ग्यास बिक्रेता, र आम उपभोत्ताको प्रतिनिधित्व हुने गरी ग्यास बितरणमा सहजताका लागि सबैजनाको सहयोगको आवश्यक भएको र समस्यालाइ प्रभावकारी रुपले समाधान गर्न तर्फ लाग्नु पर्ने बताउदै तत्कालै ग्यास वितरण प्रणालीका लागी सहज बनाउन सर्व पक्षिय सयत्र गठन गर्ने इलका प्रशासन कार्यालयका प्रमुख लुक बहादुर क्षेत्रीले बताउनुभयो ।त्यस्तै प्रहरी प्रशासनलाइ कुनै जानकारी नभइ उपभोतmाहरु लाइनमा बस्ने र समस्या भएपछि मात्र वितरकहरुले गुहार्ने इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख परशुराम तिवारीले बताउनुभयो त्यस्तै कालाबजारी गर्नेलाइ कारबाहि गर्न आफु नचुक्ने समेत बताउनु भयोे ।

त्यसैगरी ग्यास विक्रेता महासंघका केन्द्रीइ उपाध्यक्ष सुभाष प्रधानले नियमीत ग्यास आएमा वितरण गर्ने समस्या नहुने तर कम आएमा समस्या हुने बताउनुभयो ।आज भएको छलफल तथा बहस कार्यक्रममा उपभोतmाहरुको तर्फबाट जिवन सापकोटाले ग्यासको चरम अभाव भएको समयमा र जनताको समस्यामा राज्यको उपस्थीती नभएको बताउनुभयो ।

यसैगरी विद्यार्थी सगठनका प्रतिनिधीहरुले कावासोतिको बजार क्षेत्रमा मात्र नभइ भित्री क्षेत्रमा पनि समानुपातिक ढगले ग्यास वितरण गर्नेु पर्ने माग राखेका छन ।
नवलपुर एफ एमको आयोजना तथा देवचुली टेलिभिजन, मुकुन्दसेन टेलिभिजन, बुद्ध दर्शन टेलिभिजन, सामथ्र्य अनलाइन, सिटि सन्देश अनलाइन, हुलाकी डटकम, सामाथ्र्य साप्ताहिक र दाउन्ने साप्ताहिकको सहकार्यमा भएको आजको बहस कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख लुक बाहादुर क्षेत्री, इलाका प्रहरी कार्यालयका प्रमुख परशुराम तिवारी, केन्दी्रय ग्यास विक्रेता संघका सदस्य भोलानाथ ढकाल, ग्यास वितरक संघबाट शुभाष प्रधान, प्रकाश श्रेष्ठ, शकर नाथ ढकाल, कुमार खत्रि, सन्तोष पौडेल, धनपति भुषाल, दुर्गा प्रसाद गौडेल, नेत्र नारायण भट्टराइ, अर्जुन सुवेदी इन्द्र थापा खुमाकान्त पाण्डे, लगाएतको उपस्थीति रहेको थियो ।
त्यसैगरी उपभोतmा मच नवलपरासीका सहल्लाहकार भोजराज दाहालको उपस्थीति रहेको थियो भने उपभोतmाको तर्फबाट जिवन सापकोटा, लिलाधर भट्टराइ,चिन्ता मणि पौडेल, लगाएतको उपस्थीति रहेको थियो । त्यसैगरी विद्यार्थी सघको तर्फबाट सजय भट्टराइ, हरी सिग्देल, अर्जुन सुवेदी लगाएत पत्रकारहरुको उपस्थीति रहेको थियो ।
यसै विच नवलपुर एफ एमले ग्यास वितरणम सहज बनाउने विषयमा छलफल गरेसगै इलाका प्रशासन कार्यालयले छुट्टै सयत्र बनाउन ग्यास विक्रेताहरु सग छलफल गरेको छ । इलका प्रशासन कार्यालयको रोहबरमा भोली नवलपुर क्षेत्रका सम्पुणै नगरपालिकाका प्रमुख, ग्यास विक्रेता, सहीत सर्वपक्षीय छलफल गरी ग्यास वितरणको लागी सयत्र बनाउने तयारी रहेका इलाका प्रशासन कार्यालय कावासोतिका प्रमुख लुक बाहादुर क्षेत्रीले जानकारी गराउनु भएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्