27 C
Kathmandu
Monday, June 21, 2021

१३ वुदे अमलटारी घोषणा पत्र जारी

- Advertisement -
- Advertisement -spot_imgspot_img

२७ मंसिर
नाकावन्दि र तराई मधेश आन्दोलनमा सञ्चार क्षेत्रमाथी भएको आक्रमण तथा वर्तमान समयमा प्रेसको भुमीकाको विषयमा १३ वुदे अमलटारी घोषणा पत्र जारी गर्दै तराई मधेश मिडीया सम्मेलन आज सकीएको छ । नवलपरासीको कावासोती १५ अमलटारी होम स्टेमा नेपाल पत्रकार महासंघले सम्मेलनको आयोजना गरी तराई मधेश आन्दोलनको १ सय २० दिनमा १ सय २ वटा प्रेस माथीका जघन्य आक्रमण भएको भन्दै प्रेसमाथीको आक्रमण तत्काल रोक्न माग समेत गरेको छ । साथै अहीलेको आन्दोलन राजनितिक समस्या भएकाले राजनितिक पक्ष र छलफल वाट नै समाधान गर्न राजनितिक दल , आन्दोलनरत पक्ष संग महासंघले जोडदार माग समेत गरेको छ ।
सम्मेलनले २५ लाख वरावरको दैविकप्रकोप पत्रकार राहातकोषको समेत स्थापना गर्ने निर्णय गरेको छ । सम्मेलनमा तराई मधेशका २२ जिल्लाका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरुले आआफ्नो जिल्लामा प्रेस स्वतन्त्रताको अवस्था वारे जानकारी गराएका थिए । सम्मेलनमा पत्रकार महासंघका पदाधिकारी , सदस्य तथा तराई क्षेत्रका २२ जिल्लाका शाखा अध्यक्षहरुको सहभागीता थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्