27 C
Kathmandu
Monday, June 21, 2021

तराई–मधेष मिडिया सम्मेलन

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी, २६ मंसिर ।
नवलपरासीको कावासोती १५ अमलटारी होम स्टेमा नेपाल पत्रकार महासंघको तराई मधेष मिडिया सम्मेलन शुरु भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय समिति र तराई मधेषका २२ जिल्लाका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको सम्मेलनमा पछिल्लो मधेष आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिको बारेमा पत्रकारहरुबीच छलफल भएको छ ।
छलफलमा सहभागी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरुले मधेषमा मधेषको नाममा गरिएको आन्दोलनका कारण जटिल परिस्थिति उत्पन्न भएको बताएका छन् ।

IMG_20151212_090729.jpg
1.3 MB


त्यसैगरी समचार संकलनको क्रममा पनि समस्या भएको बताइएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा आज बन्द शत्र चलिरहेको छ ।
सम्मेलनले पछिल्लो मधेषका समस्याका बारेमा घोषणा पत्र जारी गर्ने नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउनेले बताउनुभयो ।
रामकुमार श्रेष्ठ । नवलपरासी

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्